उपभोक्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध  | Khabarhub Khabarhub

उपभोक्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध 


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुख्यसचिव शंकरदास वैरागीले उपभोक्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा उनले उपभोक्ताको हितमा वस्तु तथा सेवामा सुधारका लागि कानुनी, नीतिगत संरचना बनाइने बताए । उनले यसका लागि तीन वटै तहसँग सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

उनले दुर्गम क्षेत्रका नागरिकमा पनि उपभोग्य वस्तु तथा सेवाबारे सचेतना  पुर्‍याउनु जरुरी रहेको भनाइ राखे । ‘हामी सबै उपभोक्ता हौँ। हाम्रा साझा अधिकार, परिणाम प्राप्त गर्नका लागि स्वप्रेरित भई स्वस्थ र स्वच्छ वस्तु तथा सेवा प्रयोग गर्नका लागि सबैले आ–आफ्नो कर्तव्य पूरा गरी असल अभ्यास ल्याउनुपर्दछ’, उनले भने । 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होमनाथ भट्टराईले कार्यक्रममा विभागका कार्यसम्पादन प्रस्तुत गर्दै अनुगमन कार्य संघीय संरचनामा सञ्चालन गरिएको बताए। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले आफ्नो अधिकारको ठूलो निरीक्षणकर्ता आफै भएको बताए । ‘निरन्तर रुपमा गुणस्तरीय ढङ्गबाट अघि बढेसके परिवर्तन सम्भव छ’, उनले भने , ‘मन्त्रालय र मन्त्रालयअन्तर्गतका विभाग आम उपभोक्ताको हकहित संरक्षणको लागि प्रतिबद्ध छ ।’

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले उपभोक्ता हक, अधिकारका विषयमा वस्तु तथा खाद्य मात्र नभइ स्वच्छ वातावरणमा पनि जनचेतना अभिवृद्धि गर्नुपर्ने बताइन् । महानगरपालिकाले ‘फुड हाइजिन’लाई विशेष ध्यान दिई विज्ञ टोली सञ्चालन गरेको स्पष्ट पारिन् । 

उनले महानगरले व्यवसाय दर्ता अभियानका रुपमा सञ्चालनमा ल्याएको, घर बहाल व्यवस्थापन निर्देशिका बोर्डबाट पास गरेको, बजार अनुगमनसहित सचेत कार्यक्रम सञ्चालन गरेको तथा उपत्यकामा फलफूल तथा तरकारीमा विषादीको परीक्षण गर्ने तयारी रहेको जानकारी दिइन् । 

उपप्रमुख डङ्गोलले उपभोग्य वस्तु तथा सेवामा बजार अनुगमन गर्ने काम प्राथमिकताका साथ सञ्चालन भएको बताइन् । उपभोक्ता हितसम्बन्धी काम प्रभावकारी ढङ्गले अनुगमन गर्न सङ्घ, प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वय गर्ने भन्दै स्वचालित अनुगमन प्रणाली बलियो हुनुपर्नेमा उनले जोड दिइन् । 

कार्यक्रममा उपभोक्ता अधिकारकर्मीहरूले उपभोक्ता अधिकार संरक्षणका लागि अनुगमन समिति क्रियाशील हुनुपर्ने, सर्वोच्च अदालतले दिएका आदेश र संविधानले गरेको व्यवस्था कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए । अस्वभाविक रुपमा वस्तु तथा सेवामा बढेको मूल्य घटाउन, विपन्न वर्गलाई सहुलियत दरको व्यवस्था गर्न नेपाली उपभोक्ता संरक्षण गर्न महासङ्घले जोड दिएको छ । 

‘स्वच्छ ऊर्जामार्फत उपभोक्ता सशक्तिकरण’ राष्ट्रिय नारासहित मनाइएको विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा मुख्यसचिव वैरागीले उपभोक्ता हितसम्बन्धी ‘डिजिटिल पुस्तिका’ विमोचन र उपभोक्ता जागरण गीत सार्वजनिक गरे । 

 

 

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ३ : २५ बजे

सेन्ट्रल जेलबाट भागे टोपबहादुर रायमाझी

काठमाडौँ – नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी केन्द्रीय

सरसफाइमा ‘जेन-जी’

काठमाडौं– परिवर्तनका विभिन्न एजेन्डा लिएर प्रदर्शनमा उत्रिएका ‘जेन-जी’ले यही भदौ

जनताको जीउधनको रक्षा र राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न बारको आग्रह

काठमाडौं– नेपाल बार एसोसिएसनले आम जनताको जीउधनको रक्षा र राष्ट्रिय

मिटिङ बसिरहेका छौँ, देशलाई समृद्ध बनाउने एजेन्डा आउँछ : अनिल बानियाँ

काठमाडौं– जेन-जी पुस्ताको अहिले भर्चुअल बैठक बसिरहेको छ। भर्चुअलमार्फत बैठक

११ सय कैदीबन्दी भगाउन मोरङ कारागारमा हुलहुज्जत, प्रहरीले फायर खोल्यो

काठमाडौँ – ११ सयभन्दा बढी कैदीबन्दी रहेको मोरङ कारागारमा अराजक