आन्दोलनका कारण बैंकिङ सेवा अवरुद्ध भएको भन्दै सिबिफिनको असन्तुष्टि « Khabarhub

आन्दोलनका कारण बैंकिङ सेवा अवरुद्ध भएको भन्दै सिबिफिनको असन्तुष्टि


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बैंक तथा वित्तीय संस्थाविरुद्ध जारी आन्दोलनले सेवा नै अवरुद्ध हुन पुगेको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ सिबिफिनले असन्तुष्टि जनाएको छ ।

सिबिफिनले आज विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवा क्षेत्रका रुपमा परिभाषित बैंक तथा वित्तीय संस्थामा किसिमका बन्द तथा हड्ताल जस्ता कार्यहरु गर्न नहुने नपाइने भएपनि सो को उल्लघंन गर्दै नियोजित रुपमा बैंकिङ्ग सेवा नै अवरुद्ध गराउन खोजेको आरोप लगाएको छ ।

विज्ञप्तिमा विभिन्न व्यवसायिक संस्थाहरुले २०७९ फागुण ३० गतेका दिन मकवानपुर जिल्ला, हेटौडास्थित कुमारी बैंकको शाखा कार्यालयलगायतमा बैंकिङ सेवा अवरुद्ध गर्ने, अत्यावश्यक बैंकिङ सेवा लिइरहेका सेवाग्राहीलाई सेवा लिनबाट वञ्चित गर्ने, धरपकड गर्ने र कार्यालय नै बन्द गर्न पत्र संप्रेषणसहित धम्की दिनेजस्ता अत्यन्तै नियोजित गतिविधिहरुप्रति सिबिफिनले खेद जनाएको उल्लेख गरिएको छ ।

वार्ताका माध्यमबाट समस्याका समाधान गर्न पनि सिबिफिनले माग गरेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ४ : ५१ बजे

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित