स्ववियु निर्वाचन लक्षित सुरक्षा परिचालन योजना लागू « Khabarhub

स्ववियु निर्वाचन लक्षित सुरक्षा परिचालन योजना लागू


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन– यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गर्दै जिल्लामा स्ववियु निर्वाचन लक्षित सुरक्षा परिचालन योजना लागू गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयले चितवनले निर्वाचन हुने १६ वटा क्याम्पसमा लक्षित गरी योजना लागू गरेको हो । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार योजनाअन्तर्गत चार सय प्रहरी परिचालन गरिने छ । निर्वाचन हुने कलेजको सुरक्षा, मोबाइल गस्ती, आवश्यकताअनुसार परिचालन गर्न तयारी टोलीसहित योजना लागू गरिएको हो । निर्वाचनलाई लक्षित गर्दै शंकास्पद वस्तु भेटिन थालेकाले योजनालाई थप प्रभावकारी बनाउन लागिएको उनले बताए ।

स्ववियु निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको नामा प्रकाशन पछि अहिले विद्यार्थी संगठन प्रचारप्रसारमा लागि रहेका छन् । प्रचारप्रसारको क्रममा हुनसक्ने सम्भावित घटनालाई अध्ययन र विश्लेषण गरेर योजना लागू गरिएको उनले बताए । निर्वाचनको विषयमा क्याम्पस प्रशासन र निर्वाचन अधिकृतसँग समन्वय गरेर काम भइरहेको पण्डितले बताए ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्ववियु निर्वाचनका लागि समन्वयात्मक सुरक्षा रणनीति अपनाइएको बताए । उनले भने, ‘स्ववियु निर्वाचन हुने कलेजमा कलेज प्रशासनसँग समन्वय गरेर सुरक्षा व्यवस्था मिलाइएको छ ।’

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ६ : ४८ बजे

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

फिशिङ लिंकयुक्त एसएमएसप्रति सतर्क रहन दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट आउने

चितवनबाट अपहरणमा परेका बालक काठमाडौंमा, पाँच भारतीय पक्राउ

काठमाडौं । चितवनबाट अपहरणमा परेका बालकको सकुशल उद्दार गरिएको छ

संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको