छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

बागमती– मकवानपुरमा आज भएको दुई फरकफरक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी र हेटौँडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

आज दिउँसो मकवानपुरको भीमफेदी-४, ठूलो गुन्डेङ भन्ने स्थानमा भैँसेतर्फ आउँदै गरेको ना२ह ४६८९ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ९० मिटर तल खोल्सिमा खस्दा अटो चालक भीमफेदी–२, भैँसे बस्ने ६५ वर्षीय सुब्बा बज्यु तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै आजै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११, थानाभर्‍याङमा नवलपुरबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ च ६९४३ नम्बरको मालवाहक गाडीले ठक्कर दिँदा हेटौँडा–१४, नयाँबस्ती बस्ने ५० वर्षीया शान्तीमाया मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ७ : ३३ बजे

दशैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री सुरु

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि दशैँका लागि

पात्रोको दशैं, छाप्रोको दशा

बीसासय आयु दशौंली ढोग, जोर केरा सगुन दाहिने दुर्गा अक्षता

‘समन्वयमा कमजोरीका कारण विपदमा बढी क्षति’ 

काठमाडौं– वर्षाको पूर्वानुमानका सम्बन्धमा जल तथा मौसम विज्ञान विभागले समयमा

यी हुन् हिजबुल्लाका हराएका नेता सफेडाइन

काठमाडौं – हिजबुल्लाहको नेता हसन नसरल्लाहको मृत्यु भएपछि उनको उत्तराधिकारीको

बाढीपहिरो अपडेट : अहिलेसम्म २४४ जनाको मृत्यु, १९ बेपत्ता

काठमाडौं– यही असोज ११ र १२ गते परेको अविरल वर्षासँगै