सुदूरपश्चिम विश्वविद्यालयका ५ क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित « Khabarhub

सुदूरपश्चिम विश्वविद्यालयका ५ क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहितका ५ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन अनिश्चित बनेको छ ।

विश्वविद्यालयले स्ववियु निर्वाचनका बुधबार मनोनयन दर्ताको समय तालिका तोकेको भए पनि महेन्द्रनगरको केन्द्रीय क्याम्पससहितका ५ क्याम्पसमा विद्यार्थी संगठनको आन्तरिक विवादका कारण मनोनयन दर्ता हुन नसकेको सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक यज्ञराज पाठकले बताए ।

रजिष्ट्रार पाठकका अनुसार केन्द्रीय क्याम्पस, कैलालीको टीकापुर बहुमुखी क्याम्पस, बाजुराको बाजुरा बहुमुखी क्याम्पस र बडिमालिका बहुमुखी क्याम्पस र अछामको जनता बहुमुखी क्याम्पसमा आन्तरिक विवादका कारण बुधबार मनोनयन दर्ता हुन नसकेको हो ।

अब सम्बन्धित क्याम्पसको निर्वाचन समितिले एक महिनाभित्र निर्वाचनका लागि अर्को मिति तय गर्न सक्ने रजिष्ट्रार पाठकले बताए । उनका अनुसार विश्वविद्यालयका अन्य १० वटा आंगिक क्याम्पसमा भने मनोनयन दर्ता भएको छ । साथै कुनै क्याम्पसहरुमा एकल तथा कुनै क्याम्पसमा तालमेल गरेर संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालय मातहतका क्याम्पसहरुमा अगामी चैत ८ गते स्ववियु निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ८ : ५८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु