पाँचथरका सुरक्षा निकायद्वारा सीमा क्षेत्रको निरीक्षण « Khabarhub

पाँचथरका सुरक्षा निकायद्वारा सीमा क्षेत्रको निरीक्षण


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाँचथर जिल्लाको सुरक्षा निकायका प्रमुखहरूले छिमेकी राष्ट्र भारतसँगको सीमा क्षेत्रको निरीक्षण गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी गणेश गैरेसहित तीनवटै सुरक्षा निकायका प्रमुखले नेपाल–भारत सीमा क्षेत्र चिवाभञ्ज्याङमा सीमा क्षेत्रको अवस्थाबारे मङ्गलबार निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी गैरेले सीमा प्रहरीचौकी च्याङथापू तथा सशस्त्र प्रहरी बल बिओपी चिवाभञ्ज्याङका सुरक्षाकर्मीलाई सीमा क्षेत्रको उपयोग गरी हुनसक्ने चोरी, सिकारी तथा निकासीजस्ता अपराधका घटना न्यूनीकरणमा केन्द्रित हुन निर्देशन दिए ।

सो क्रममा सुरक्षा निकायको टोलीले भारतीय सीमासुरक्षा बल एसएसबीका स्थानीय अधिकृतलाई भेटी सीमासुरक्षा र अपराध न्यूनीकरणका विषयमा छलफल गरेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गम बिन्दुसमेत रहेको उक्त क्षेत्र बहुमूल्य जडीबुटी र जङ्गली जनावर पाइने स्थान हो ।

यही क्षेत्रको उपयोग गरी अन्तरदेशीय चोरी, सिकार र निकासीसमेत हुने गरेको स्थानीयवासीले गुनासो गर्ने गरेका छन् । दुई वर्षअघि यस क्षेत्रको चिवाभञ्ज्याङ र लामपोखरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट बिओपी स्थापनापछि भारतीयले निर्वाधरुपमा नेपाली भूमिको उपभोग गर्ने, नेपाली जडीबुटी तथा वन्यजन्तुको सिकार गर्नेक्रम भने घटेको छ ।

निरीक्षणमा प्रजिअ गैरेसहित जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक हरि खतिवडा, सशस्त्र प्रहरी बल हिमशिखर गुल्म फिदिमका प्रमुख अइन्द्रराज नेम्वाङ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख तुलसी कट्टेल सहभागी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस जिल्लाको भारतसँग ४५ किलोमिटर सीमा क्षेत्र जोडिन्छ । पाँचथरमा मात्रै सशस्त्र प्रहरी बलका चार स्थानमा विओपी स्थापना गरिएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ९ : ५८ बजे

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न– अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि