यूएईको रस अल-खैमाहमा कार्यरत नेपालीहरूसँग अन्तरक्रिया « Khabarhub

यूएईको रस अल-खैमाहमा कार्यरत नेपालीहरूसँग अन्तरक्रिया


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दोहा – यूएईको रस अल-खैमाहमा कार्यरत नेपालीहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । अबुधाबीस्थित नेपाली दूतावासले अबुधाबी सहरबाट करिब २५० किलोमिटरको दूरीमा रहेको युएईको रस अल-खैमाह इमिरेट्समा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रममा त्यहाँ कार्यरत नेपालीहरूले दैनन्दिन रूपमा भोग्नुपरेका समस्या, गुनासा, दूतावासको सेवा प्रवाहका सन्दर्भमा भएका जिज्ञासा एवम् सुधारका उपायहरू प्रत्यक्ष रूपमा सुन्ने, तत्काल समाधान गर्न सकिने विषयहरूलाई सम्बोधन गर्ने लगायतका कार्य गरिएको थियो।

यूएईका लागि कार्यवाहक राजदूत बिशाल भट्टराईले दूतावासभन्दा टाढा-टाढा रहेका नेपाली श्रमिकहरूले दैनिक रूपमा भोग्नुपरेका समस्याहरू समाधान गर्न यस किसिमको अन्तरक्रिया कार्यक्रम महत्त्वपूर्ण एवम् प्रभावकारी हुने बताए ।

राहदानी नवीकरण लगायत दूतावासले प्रदान गर्ने सेवाहरूलाई अझ प्रभावकारी बनाउन प्राप्त सुझावहरू पनि कार्यान्वयन गर्दै जाने कार्यवाहक राजदूत भट्टराईले बताए ।

अबुधाबीबाट टाढा छरिएर रहेका नेपालीहरूको सामीप्यमा गएरै दूतावासका सेवाहरू प्रदान गर्न आगामी दिनहरूमा घुम्ती सेवा सञ्चालन गर्दै जाने पनि उनको भनाइ थियो ।

कार्यक्रममा दूतावासका श्रम काउन्सेलर दीनबन्धु सुवेदीले दूतावासले प्रदान गरिरहेका सेवाहरू, गुनासा व्यवस्थापनको प्रक्रिया, राहत उद्धार तथा कल्याणकारी सेवासम्बन्धी व्यवस्था, युएईमा गर्न हुने र नहुने कार्यसम्बन्धी विवरण, श्रमिक सरोकारका विषयमा भएका पछिल्ला पहलहरू जस्तै- अनलाइन पुनः श्रम स्वीकृति, वैदेशिक रोजगारीमा रहेका श्रमिक र स्वरोजगारमा रहेकालाई सामाजिक सुरक्षा कोषमा आबद्धता, वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि टेलिमेडिसिन सेवा सञ्चालन लगायतका जानकारीमूलक विषयहरू समेटी प्रस्तुतीकरण दिएका थिए।

दूतावासबाट कार्यवाहक राजदूत भट्टराई, श्रम काउन्सेलर दीनबन्धु सुवेदी लगायत अन्य कर्मचारीहरूको सहभागिता रहेको उक्त अन्तरक्रिया कार्यक्रममा युएईको राजधानी सहर अबुधाबीबाट सबैभन्दा टाढाको इमिरेट्स रस अल-खैमाहमा कार्यरत एक सयभन्दा बढी नेपाली श्रमिकहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ९ : ४८ बजे

आज दिनभर एमाले अध्यक्ष ओली दमकमा व्यस्त

दमक – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमबार दिनभर

मुग्लिन–मलेखु सडकमा कालोपत्र गरिँदै

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम

नयाँ वर्षमा तुलसी घिमिरेको ‘पहाड’ प्रदर्शनको घोषणा

काठमाडौं– वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी

चितवनका वडा-वडामा रवि लामिछानेको ‘घण्टी अभिवादन’

​चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी

सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्र

मुस्ताङ– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ