गल्फागाड बहुमुखी क्याम्पसको भवन अधुरै | Khabarhub Khabarhub

गल्फागाड बहुमुखी क्याम्पसको भवन अधुरै


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हुम्लाको दक्षिण भेग अदनचुली गाउँपालिकास्थित गल्फागाड बहुमुखी क्याम्पसको भवन अधुरै रहेको छ । बजेट अभावका कारण दुईकोठे भवन निर्माणाधीन अवस्थामा छ ।

 कर्णाली प्रदेश सरकारको २० लाख बजेटमा भवन निर्माण थालिएको क्याम्पस प्रमुख रणसुर रोकायाले बताए । भवन निर्मार्णको लागि जग्गा खरिदलगायत काम गरेपछि बजेट अपुग भएको उनको भनाइ छ । गत आर्थिक वर्षमा भवन निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको रोकायाले बताएका छन् ।  

भवन निर्माणाका लागि आवश्यक जग्गा खरिद गर्न पाँच लाख ५० हजार र जग्गा सम्याउन रु एक लाख २८ हजार खर्च भएको थियो । उनले भने, ‘बजेटका लागि गाउँपालिका र अन्य निकायसँग आग्रह गरे पनि सहयोग पाउन सकेका छैनौँ’, क्याम्पस प्रमुख रोकायाले भने– ‘क्याम्पसलाई आर्थिक र भौतिक पूर्वाधारको अभाव छ ।’

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी कक्षा सञ्चालन गरेको क्याम्पसका प्राचार्यको तलब सुविधादेखि भौतिक संरचनाको विकासका लागि आर्थिक समस्या भएको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि क्याम्पस स्थापना गरिएको हो । त्रिविले मानविकी संकायतर्फ अध्यापनका लागि अनुमति दिन तयार भए पनि आर्थिक स्रोतको अभावमा जनशक्तिदेखि भौतिक पूर्वाधार तयार पार्न नसकिएको क्याम्पस प्रमुख रोकायाले बताए । 

त्रिभुवन विश्वविद्यालयले बर्सेनि अनुदान रकम दिने भए पनि त्यो पर्याप्त नभएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष दल फडेराले बताए । ‘भवन निर्माण र कर्मचारीलाई तलब दिन रकम छैन, स्रोतको खोजीका लागि भौँतारिरहेका छौँ ।’ विद्यार्थीबाट शुल्क लिएर क्याम्पस सञ्चालन गर्न सम्भव नभएको उनको भनाइ छ ।

क्याम्पसको भवन निर्माण गर्न साढे पाँच लाख खर्च भएको थियो । अदानचुली–३ का पूर्ववडाध्यक्ष दत्त विष्टले भने , ‘जग्गाको लालपुर्जा क्याम्पसको नामामा बनाउन सकिएको छैन ।’ जग्गाधनीले भवन निमार्णका लागि प्रयोग भएको जग्गा गल्फागाड बहुमुखी क्याम्पस श्रीनगरका नाममा रजिष्ट्रेसन पास गर्न मानेका छैनन् । 

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  २ : ३८ बजे

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप

‘गाउँभन्दा शहरको गरिबी भयानक, जहाँ घर जोडिन्छ मन जोडिँदैन’

काठमाडौं– निर्देशक दीपेन्द्र के खनालमाथि एउटा भाष्य बनेको छ– उनीसँग

कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य

दाङ – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले कम्युनिस्ट

फणिराज पाठकले भने : पूर्वराजालाई नजरबन्द गरिएको समाचार झुठो हो

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा नजरबन्द गरिएको समाचार

गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट डा. विश्व