गल्फागाड बहुमुखी क्याम्पसको भवन अधुरै « Khabarhub

गल्फागाड बहुमुखी क्याम्पसको भवन अधुरै


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हुम्लाको दक्षिण भेग अदनचुली गाउँपालिकास्थित गल्फागाड बहुमुखी क्याम्पसको भवन अधुरै रहेको छ । बजेट अभावका कारण दुईकोठे भवन निर्माणाधीन अवस्थामा छ ।

 कर्णाली प्रदेश सरकारको २० लाख बजेटमा भवन निर्माण थालिएको क्याम्पस प्रमुख रणसुर रोकायाले बताए । भवन निर्मार्णको लागि जग्गा खरिदलगायत काम गरेपछि बजेट अपुग भएको उनको भनाइ छ । गत आर्थिक वर्षमा भवन निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको रोकायाले बताएका छन् ।  

भवन निर्माणाका लागि आवश्यक जग्गा खरिद गर्न पाँच लाख ५० हजार र जग्गा सम्याउन रु एक लाख २८ हजार खर्च भएको थियो । उनले भने, ‘बजेटका लागि गाउँपालिका र अन्य निकायसँग आग्रह गरे पनि सहयोग पाउन सकेका छैनौँ’, क्याम्पस प्रमुख रोकायाले भने– ‘क्याम्पसलाई आर्थिक र भौतिक पूर्वाधारको अभाव छ ।’

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी कक्षा सञ्चालन गरेको क्याम्पसका प्राचार्यको तलब सुविधादेखि भौतिक संरचनाको विकासका लागि आर्थिक समस्या भएको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि क्याम्पस स्थापना गरिएको हो । त्रिविले मानविकी संकायतर्फ अध्यापनका लागि अनुमति दिन तयार भए पनि आर्थिक स्रोतको अभावमा जनशक्तिदेखि भौतिक पूर्वाधार तयार पार्न नसकिएको क्याम्पस प्रमुख रोकायाले बताए । 

त्रिभुवन विश्वविद्यालयले बर्सेनि अनुदान रकम दिने भए पनि त्यो पर्याप्त नभएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष दल फडेराले बताए । ‘भवन निर्माण र कर्मचारीलाई तलब दिन रकम छैन, स्रोतको खोजीका लागि भौँतारिरहेका छौँ ।’ विद्यार्थीबाट शुल्क लिएर क्याम्पस सञ्चालन गर्न सम्भव नभएको उनको भनाइ छ ।

क्याम्पसको भवन निर्माण गर्न साढे पाँच लाख खर्च भएको थियो । अदानचुली–३ का पूर्ववडाध्यक्ष दत्त विष्टले भने , ‘जग्गाको लालपुर्जा क्याम्पसको नामामा बनाउन सकिएको छैन ।’ जग्गाधनीले भवन निमार्णका लागि प्रयोग भएको जग्गा गल्फागाड बहुमुखी क्याम्पस श्रीनगरका नाममा रजिष्ट्रेसन पास गर्न मानेका छैनन् । 

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  २ : ३८ बजे

रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय

काठमाडाैं – रसुवा बाढीमा परी जलविद्युत आयोजनामा कार्यरत १९६ भन्दा

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय

कस्तो रहला आज रातिको मौसम ?

काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न भू-भागमा

रसुवा बाढीका कारण १० प्रतिशत विद्युत् क्षमता प्रभावित

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी

काठमाडौं – रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास