मेलम्चीमा जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने « Khabarhub

मेलम्चीमा जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको मेलम्चीमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । राम श्रेष्ठको प्रायोजनमा यही वैशाख २५ गतेबाट हुने प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । आज मेलम्चीमा पत्रकार सम्मेलन गर्दै आयोजक समितिका सदस्य सागर श्रेष्ठले जानकारी दिए ।

मेलम्ची पुननिर्माण तथा संरक्षण समिति र मेलम्ची युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः दुई लाख, एक लाख र ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । व्यक्तिगत लगानीमा सर्वाधिक धनराशिको पुरस्कारसहित खेलाडीलाई खाना र बासको समेत व्यवस्थासहित हुनलागेको यो प्रतियोगिता जिल्लाकै पहिलो भएको आयोजक श्रेष्ठले दाबी गरे ।

सिन्धुपाल्चोकको मेलम्चीमा जन्मनुभएका श्रेष्ठ हाल अमेरिका हुनुहुन्छ । यस वर्ष भलिबलबाट सुरु हुने यस प्रतियोगिता आगामी वर्षहरूमा निरन्तरता दिने राम श्रेष्ठले प्रतिबद्धता जनाउनुभएको आयोजक समितिका श्रेष्ठले जानकारी दिए ।

कोरोना, हेलम्बु मेलम्ची बाढीमा राहत तथा उद्धार तथा मेलम्ची पुनःनिर्माणमा सहयोग गर्दै आएका श्रेष्ठले खेलक्षेत्रका माध्यमबाट मेलम्ची बन्दै छ भन्ने सन्देश प्रवाहका लागि सहयोग पुग्ने आयोजकले विश्वास व्यक्त गरेको छ ।

पत्रकार सम्मेलनमा समाजसेवी प्रकाश सापकोटाले खेलको माध्यमबाट मेलम्चीमा पर्यटक भित्र्याउन तथा पर्यटन प्रवर्द्धनका लागि भलिबलको आयोजना गर्न लागिएको बताए । उनले यसले गर्दा जिल्लाका खेलाडीमा हौसला मिल्नुका साथै मेलम्चीको प्रचारमा टेवा पुग्ने बताए ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ४ : १९ बजे

एमालेकै प्रतिवेदन भन्छ : फागुनको चुनावमा पार्टी धुलिसात भयो, अब परम्परागत नाराले चुनाव जितिँदैन

काठमाडौं- नेकपा एमालेले गत फागुन २१ गते व्यहोरेको सर्मनाक हारको

आन्तरिक मतभिन्नताबीच भारतमा हुँदै ब्रिक्स सम्मेलन : यस्ता छन् एजेण्डा र प्राथिमकता

काठमाडौं- विश्व अर्थतन्त्र र भूराजनीतिको केन्द्रविन्दु बन्ने प्रयासमा रहेको बहुपक्षीय

एमालेका अधिकांश प्रदेश कमिटीको सुझाव : पार्टी बचाउन ओलीले नेतृत्व छाडेर संरक्षक बनून्

काठमाडौं- नेकपा एमालेका सातमध्ये ६ भूगोल प्रदेशले अध्यक्ष केपी शर्मा

जासुसीमा एआईको बढ्दो प्रयोग

सन फ्रान्सिस्को- चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय