समाज परिवर्तनको लागि संघर्ष गर्नु आजको मूल कार्यभार : एमाले नेता बस्नेत « Khabarhub

समाज परिवर्तनको लागि संघर्ष गर्नु आजको मूल कार्यभार : एमाले नेता बस्नेत


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आजको राजनीतिको मूल कार्यभार समाज परिवर्तनको लागि संघर्ष गरेको बताएका छन् ।

पार्टीनिकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नवौं महाधिवेशनको समिक्षा एवं अन्तरक्रियाका लागि शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपाली राजनीतिमा दलाल पुँजीवादी शक्ति हाबी भएको भन्दै समाज परिवर्तनको लागि संघर्ष गर्नु अहिलेको मूल कार्यभार भएको बताएका हुन् । 

कांग्रेस भ्रष्टीकरणको नेतृत्वकर्ता भएको र नेकपा (माओवादी केन्द्र) ले भड्किला सपना देखाएर जनयुद्धको माध्यमबाट समाज परिवर्तनको प्रयास गरेको उनले आरोप लगाए । फरक प्रसंगमा उनले काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले आलोचनालाई पनि स्थान दिन आवश्यक रहेको सुझाव दिए । बस्नेतले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मयुरको प्वाँख टाँसेको कौवा भएको टिप्पणी गर्दै रास्वपाले नक्कली राष्ट्रवादको खेती गरिरहेको जिकिर गरे ।

त्यस्तै युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष क्षितिज थेबेले हालै चयन भएको नेतृत्व वैज्ञानिक र पारदर्शी रहेको र यसले देश र जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाए । गत आम निर्वाचन, राष्ट्रपति निर्वाचन र उपराष्ट्रपति निर्वाचनमा अन्य राजनीतिक दलहरूले एमालेविरुद्ध घेराबन्दी र आक्रमण गरेको उनको भनाइ छ । 

युवा संघ नेपालका निवर्तमान अध्यक्ष किरण पौडेलले केही राजनीतिक शक्तिहरुले आम नेपाली युवाहरूमा भ्रमको सिर्जना गरिरहेको टिप्पणी गरे । उनले युवा संघले राजनीतिप्रति युवाहरूमा रहेको भ्रम चिर्न र बढ्दो निराशा र विकर्षणलाई निराकरण गर्न आवश्यक रहेको भन्दै अहिले आएको नेतृत्वले त्यसप्रति ध्यान दिनुपर्ने सुझाव दिए ।

 

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ५ : ३६ बजे

रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

काठमाडौँ– पार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

स्कटल्याण्डविरुद्ध मोरक्को १–० गोलले विजयी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा प्रवेश

काठमाडौँ– पिफा विश्वकप फुटबलमा सहआयोजक मेक्सिको अन्तिम ३२ (राउण्ड अफ

फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ

आज २०८३ साल असार ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ६ गते शनिबार। सन् २०२६