लोकतान्त्रिक पद्धतिले मात्रै परिवर्तन हुन्छ : डा रिजाल | Khabarhub Khabarhub

लोकतान्त्रिक पद्धतिले मात्रै परिवर्तन हुन्छ : डा रिजाल


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले लोकतान्त्रिक पद्धतिले मात्रै परिवर्तन सम्भव रहेको बताएका छन् । तनहुँ लोकतन्त्र सम्बद्र्धन तथा विकास समाजद्वारा दमौलीमा आज आयोजित तनहुँको समुन्नत विकास र आसन्न उपनिर्वाचन विषयक अन्तरक्रियामा उनले लोकतान्त्रिक व्यवस्थाले मात्रै स्वतन्त्रता कायम गरेकाले परिवर्तन हुने बताए ।

‘लोकतन्त्रले हरेक मुद्दामा प्रतिस्पर्धात्मक तवरबाट अगाडि बढ्ने वातावरण कायम गरेको छ, हरेक कुराको अभिव्यक्ति दिएर जनताको अधिकार पूरा गर्नसक्ने व्यवस्था निर्माण पनि लोकतन्त्रले नै गरेको हो’, उनले भने। राष्ट्र निर्माणमा कसैले पनि रोक लगाउन नसक्ने उनको भनाइ छ । लोकतन्त्र र संविधानको संरक्षण गर्नुपर्ने जिम्मेवारी भएको उनले बताए ।

 लोकतान्त्रिक विचारधाराले एकता कायम भएका सत्ता साझेदार पार्टीका तर्फबाट तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा लोकतान्त्रिक वामगठबन्धनका उम्मेदवारलाई मतदान गर्न समेत डा रिजालले अपिल गरे । 

हिँडेर यात्रा गर्नुपर्ने तनहुँको सदरमुकाम आवतजावतमा अहिले हरेक समय समयमा सवारीसाधन चल्ने गरी विकास भएको उनले दाबी गरे। तनहुँको विकास कांग्रेसको नेतृत्वमा नै ग्रामीण क्षेत्रका जनताले सहजता कायम भएको उनले बताए।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ७ : ४९ बजे

‘जनताले फ्याँकेको राजतन्त्रका नाममा समय खेर नफालौँ’

काठमाडौं- पछिल्लो समय राजावादी र पूर्वपञ्चहरूको सक्रियताले गणतन्त्रवादीहरू असहज महसुस

‘जाऊँ है पोखरा’ अभियान सम्पन्न

पोखरा– मकवानपुरको हेटौंडामा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी यस वर्षको

स्पेसएक्सको अहिलेसम्मकै ठुलो अन्तरिक्ष यानको परीक्षण दोस्रो पटक पनि असफल

काठमाडौं– अरबपति व्यापारी तथा अहिले ट्रम्प प्रशासनका सदस्य एलन मस्कको स्वामित्वमा

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा तीनदिने साहसिक पदयात्रा

गण्डकी– महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसका

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

निजगढ– बाराको कलैया उपमहानगरपालिका–१४ बघवनमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु