बैंकिङ क्षेत्रको जागिर चुनौतीपूर्ण : पूर्वगभर्नर नेपाल « Khabarhub

बैंकिङ क्षेत्रको जागिर चुनौतीपूर्ण : पूर्वगभर्नर नेपाल


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालले व्यवस्थापन विषयको अध्ययन र बैंक तथा वित्तीय संस्थामा रोजगारी निकै चुनौतीपूर्ण रहेको बताएका छन् ।

राष्ट्रपतिका आर्थिक सल्लाहकारसमेत रहेका पूर्वगभर्नर नेपालले बैंकिङ क्षेत्रमा डिजिटलाइजेसनको प्रभावले चुनौती थपिएको उल्लेख गरे । उडान शैक्षिक केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले क्रिप्टोकरेन्सी (डिजिटल करेन्सी)को प्रभाव बढेकाले यो क्षेत्रमा चुनौती थपिँदै गएको बताए ।

“बैंकिङ क्षेत्रको जागिर संसारमा सबैभन्दा चूनौतीपूर्ण बनेको छ”, उनले भने, “बङ्गलादेशको बैंकबाट फ्लटहरुले डिजिटलको माध्यमबाट पैसा निकाले घटनाहोस् वा अन्य किसिमका गतिविधि किन नहुन्, चूनौतीपूर्ण बनिरहेको छ ।”

उनले कुनै पनि क्षेत्रमा व्यावसायिक सफलताका लागि अध्ययन र व्यावसायिक योजना जरुरी रहेको खाँचो औँल्याए । आफ्नो क्षमता आफैले उजागर गर्नसके विद्यार्थीलाई नेपालको कुनै पनि क्षेत्रमा जागिर पाउन कठिनाइ नहुने उनको भनाइ छ ।

उनले भने, “क्षमतावान विद्यार्थीलाई नेपालको कुनै पनि क्षेत्रमा जागिर पाउन अप्ठ्यारो छैन । तर, त्यसका लागि कोही पनि सबै कुरामा जान्ने हुँदैनन् भन्ने मान्यतालाई आत्मसात गरेर अध्ययनको कामलाई अघि बढाउनुपर्छ ।”

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ९ : ०० बजे

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम