आईपीएल : बैंग्लोरको दोस्रो जित, दिल्लीको पाँचौ हार « Khabarhub

आईपीएल : बैंग्लोरको दोस्रो जित, दिल्लीको पाँचौ हार


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

बैंग्लुरु । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको छ ।

घरेलु मैदानमा पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंग्लोरले विराट कोहलीको अर्धशतकको मद्दतले ६ विकेट गुमाएर १७४ रन बनाएको थियो । कप्तान फाफ डुप्लेसीले २२, महिपाल लोमररले २६, ग्लेन म्याक्सवेलले २४ र शाहबाज अहमदले २० रनको योगदान दिए ।

जवाफमा दिल्ली क्यापिटल्सको टोलीले निकै खराब सुरुवात गरेको थियो । ५३ रन नपुगेसम्म उनको आधा टोली पभिलियन फर्किएको थियो । कप्तान वार्नरले १९ रन बनाए भने पृथ्वी श र मिचेल मार्सले खाता खोल्न सकेनन् । यश धुलले मात्र १ रन बनाए ।

यसपछि मनिष पाण्डेले अर्धशतकीय पारी खेले तर अर्को छेउबाट विकेट बारम्बार गिरिरहेको थियो । दिल्लीको टोलीले अन्ततः २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाउन सक्यो ।

हारसँगै अङ्क तालिकामा दिल्ली १० औँ अर्थात् अन्तिम स्थानमा छन् । भने  बैंग्लोरले एक स्थान सुधार गर्दै सातौँ स्थानमा पुगेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ९ : ३३ बजे

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन