एभर्टनलाई पराजित गर्दै म्यानचेस्टर शीर्षस्थानमा « Khabarhub

एभर्टनलाई पराजित गर्दै म्यानचेस्टर शीर्षस्थानमा


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिगको जारी खेलमा म्यानचेस्टर सिटीले उपाधि जित्ने सम्भावनालाई बढाएको छ ।

गुडिसन पार्कमा आइतबार राति भएको खेलमा घरेलु टोली एभर्टनलाई ३–० ले पराजित गर्दै उपाधिको सम्भावना बढाएको हो ।

यस जीतसँगै दोस्रो स्थानको आर्सनललाई ४ अंकले पछि पार्दै म्यानचेस्टरले उपाधिको सम्भावनालाई थप बलियो बनाएको हो  ।

म्यानचेस्टरले पहिलो हाफमै दुई गोल गरेको थियो । ३७औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाए ।

त्यसको केही बेरमा अर्थात् ३९औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई पहिलो हाफमा नै २–० को अग्रता दिलाउन योगदान गरे ।

दोस्रो हाफको सुरुमै ५१औं मिनेटमा गुन्डोगानले फ्रि किकमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिटीलाई ३-० को जीत दिलाए।

त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन, अन्ततः म्यानचेस्टर ३-० को अग्रतासहित उपाधि होडतर्फ थप अग्रसर हुन पुग्यो ।

यस जितसँगै शीर्षस्थानमा रहेको सिटीको ३५ खेलबाट ८५ अंक पुगेको छ भने पराजित एभर्टन ३६ खेलबाट ३२ अंक जोडेर १७औं स्थानमा सीमित रहेको छ ।

समान खेलबाटै दोस्रो स्थानमा रहेको आर्सनलले ८१ अंकसहित म्यानचेस्टरलाइ पछयाईरहेको छ भने एभर्टनलाई पराजित गरेको म्यानचेस्टरले थप ४ अंक जोडेर उपाधि होडमा आफूलाई शीर्षस्थानमा राखेको छ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ७ : ०७ बजे

यौनकर्मीको पीडा प्रतिनिधित्व गर्न ‘लालिमा’ बनेकी रोश्नी

काठमाडौं – नायिका रोश्नी कार्कीलाई मण्डला थिएटरमा यौन दुव्र्यवहारकोको कथा

तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर

कञ्चनपुर– जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै आएको

एमाले अध्यक्ष ओली आज झापाको कमल गाउँपालिकाका कार्यक्रममा केन्द्रित हुने  

दमक– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा

म्याग्दीको हिस्तानमा वडा कार्यालय भवन निर्माण सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालय भवन निर्माण सुरु

बागलुङको जैमिनी क्षेत्रका मतदाताले बाँदर नियन्त्रणको खाका ल्याउनेलाई मत दिने

बागलुङ– बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव