काक्रो खानुका फाइदा « Khabarhub

काक्रो खानुका फाइदा


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अहिलेको गर्मी मौसममा काक्रोलाई अमृत समान मानिन्छ। काक्रोमा भिटामिन ए, बी र सी अधिक मात्रामा पाइन्छ। कोक्रालाई पातलो स्लाइसमा काटेर आँखाको दुवै पट्टी लगाउँदा आँखा वरिपरि भएको कालो दाग हटेर जान्छ।

काक्रोमा प्रशस्त मात्रामा पानी पाइने भएकाले यसले हाम्रो शरीरमा आवश्यक पर्ने पानीको मात्रालाई कायम राख्ने काम गर्दछ। यसका साथै काक्रोको प्रयोगले हाम्रो शरीरमा नुन युरियनको मात्रालाई कम गर्न सहयोग गर्दछ।

काक्रोलाई सलादको रूपमा प्रयोग पनि खान सकिन्छ। साथै यो गर्मीमा नुन खुर्सानीसँग मोलेर अचार बनाएर खाँदा त्यो स्वाद कसैले बिर्सिन सक्दैन। काक्रोमा क्याफिन, कुकुरविटासिन्स, लुटेन, फिस्टिनलगायत तत्त्व हुन्छन्। जसले स्तन, ओभरी, प्रोस्टेट र पाठेघरको क्यान्सर हुनबाट बचाउँछन्। काक्रोमा एन्टिअक्सीडेन्टको मात्रा हुने भएकाले यसले शरीरका टक्सिन बाहिर निकाल्छ र क्यान्सर सेल्स बढ्न नदिने चिकित्सकले बताएका छन्।

काक्रो जति स्वादिष्ट छ त्यति नै फाइदाजनक पनि छ। त्यसैले गर्मी मौसममा कोक्रालाई शीतलता प्रदान गर्न मात्र होइन। अनुहारमा र आँखामा चमक ल्याउन सकिन्छ।

बुँदामा काक्रोका फाइदा
– काक्रोको सेवनले शरीरमा भएको कोलेस्ट्रोलको मात्रालाई कम गर्न मद्दत गर्दछ।
– काक्रोको सेवनले अनुहारमा चमक ल्याउन मद्दत गर्छ।
– काक्रोमा फाइबर र प्रशस्त मात्रामा पानी पाइने कारण यसको दैनिक सेवनले तौल घटाउन मद्दत गर्दछ।
– फ्रेस काक्रोको चानालाई आँखामा दैनिक आँधा घण्टा राख्दा आँखा चम्किलो हुन मद्दत गर्दछ।
– काक्रोमा प्रशस्त मात्रामा पोटासियम, सिलिकन र मिनरल्स भएको कारणले शारीरिक विकासका लागि यसको महत्त्वपूर्ण भूमिका रहन्छ।
– काक्रोमा पाइने फाइबर, म्याग्नेसियम र पोटासियमले रक्तचाप नियन्त्रित राख्न मद्दत गर्छ।
– काक्रोको जुस बनाएर खादा मधुमेहका लागि निकै फाइदाजनक मानिन्छ।
– काक्रोमा भएको पानीले विषाक्त तत्त्वलाई मानव शरीरबाट बाहिर फाली मिर्गौलाको पत्थरीलाई हटाउन मद्दत गर्छ।
– काक्रोलाई राम्ररी चपाएर खाँदा दाँतलाई ताजा तथा सफा राख्नुका साथै गिजा सुन्निनबाट बचाउँछ।
– दैनिक रूपमा काक्रोको सेवनले मुखमा रहेका ब्याक्टेरिया नष्ट गरी मुखको गन्ध हटाउँछ।
– काक्रोले कब्जियतको समस्याबाट मुक्त गराउँछ।
– मस्तिष्कलाई स्वस्थ राख्नका साथै मस्तिष्कमा कुनै रोग लाग्न दिँदैन।
– काक्रोमा भएको भिटामिन ‘के’ ले हड्डीहरू बलियो बनाउँछ।
– पाचनपक्रियालाई बलियो बनाउन मद्दत गर्छ।
– काक्रोमा भएको पोटासियमको मात्राले मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ७ : १७ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।