नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक आजदेखि « Khabarhub

नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक आजदेखि


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय पाँचौं बैठक आज सुरु हुने भएको छ।

बंगलादेशको ढाकामा आज सह–सचिवस्तरीय बैठकमा ऊर्जा व्यापारका विषयमा प्राथमिकताका साथ छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकमा ६ सय ८३ मेगावाटको जलाशययुक्त सुनकोशी तेस्रो आयोजना संयुक्त लगानीमा कसरी अघि बढाउने भनेर पनि छलफल हुने ऊर्जा मन्त्रालयले जनाएको छ। भोलि सचिवस्तरीय बैठक बस्नेछ।

परराष्ट्रमन्त्री एनपी साउदको बंगलादेश भ्रमणका क्रममा आइतबार दुई देशका निजी क्षेत्रकाबीच पनि विद्युत व्यापारको विषयमा छलफल भएको थियो ।
मन्त्री साउदले प्रधानमन्त्री शेख हसिनासँग नै विद्युत व्यापारका बारेमा छलफल गरेका थिए।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ९ : १० बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर