भरतपुर महानगरद्वारा छात्रालाई निःशुल्क साइकल वितरण | Khabarhub Khabarhub

भरतपुर महानगरद्वारा छात्रालाई निःशुल्क साइकल वितरण


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर महानगरपालिकाले एक सय २६ छात्रालाई निःशुल्क साइकल वितरण गरेको छ । छात्रासँग मेयर कार्यक्रमअन्तर्गत आइतबार छ वडाका १३ विद्यालयमा अध्ययन गर्ने विपन्न छात्रालाई महानगर प्रमुख रेनु दाहालले साइकल वितरण गरिन्। 

महानगरपालिकाको सामाजिक विकास महाशाखाका अनुसार महानगरपालिकाले यसअघि २२ वडाका विपन्न छात्रालाई साइकल वितरण गरिसकेको छ । वडा नं २९ को विद्यालयलाई स्कुल बस प्रदान गरेको छ । सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख दाहालले महानगरपालिका प्रमुखमा महिला निर्वाचित भएसँगै महिलामैत्री महानगर बनाउन भरतपुर अस्पतालमा महिलालाई निःशुल्क ओपिडी टिकट, छोरी जीवन बीमा, छात्रासँग मेयरजस्ता धेरै कार्यक्रम सञ्चालनमा ल्याइएको बताए ।

महानगरपालिकाले अति विपन्न परिवारका छात्रालाई विद्यालय शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले कक्षा ६ देखि १२ कक्षाका किशोरीलाई साइकल वितरण गर्दै आएको छ । महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर पूर्वाधारको क्षेत्रमा मात्र नभई शिक्षा क्षेत्रमा पनि उल्लेख्य प्रगति गर्न सफल भएको बताए ।

भरतपुरका विद्यालयमा आकर्षण बढाउन विभिन्न छात्रावृत्तिका कार्यक्रम, न्यानो कपडाको कार्यक्रम, दिवा खाजा र विद्यालयलाई बसलगायतका कार्यक्रम सञ्चालनमा रहेको उनले बताए।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  १२ : ०४ बजे

भारतबाट अवैध रुपमा ल्याउँदै गरेको कुखुराका चल्ला बरामद

रौतहट – रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ठूलो परिमाणमा

विश्वासको मत लिँदा ओलीलाई छेक्न सक्लान् प्रचण्डले ?

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते संसद्बाट

आजका समाचार : असार २८ मा विश्वासको मत, गोर्खा मिडियामा ६३ करोड ऋण

प्रधानमन्त्री भन्छन्- राजनीतिमा उतारचढाव भइरहन्छ, विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर

हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध

हुम्ला – हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध

आर्थिक वर्ष सकिन लाग्दासमेत भुक्तानी नपाएपछि निर्माण व्यवसायी चिन्तित

काठमाडौं–  नेपाल निर्माण व्यवसायी महासंघले आर्थिक वर्ष समाप्त हुन लाग्दा