गुरुद्वारमा मदिरा सेवन गरेको आरोपमा एक महिलाको गोली हानी हत्या « Khabarhub

गुरुद्वारमा मदिरा सेवन गरेको आरोपमा एक महिलाको गोली हानी हत्या


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– पटियालाको गुरुद्वारमा मदिरा सेवन गरेको आरोपमा एक महिलाको गोली हानी हत्या गरिएको छ ।

पटियालाका वरिष्ठ प्रहरी उपरीक्षक वरुण शर्माका अनुसार घटना आइतबार साँझ भएको हो। पुलिसले भने कि परमिंदर कौर नामकी एक महिलाले दुख निवारन साहिब गुरुद्वाराको पोखरी नजिक रक्सी सेवन गरेको थिइन । अर्बन इस्टेट फेज वन निवासी ३२ वर्षीया महिलालाई निर्मलजीत सिंह नामका व्यक्तिले गोली हानेर मारेका हुन । सिंह नियमित गुरुद्वारा जाने गर्थे।

‘परमिंदर कौरले गुरुद्वार दुखनिवारन साहिबको सरोवर नजिक रक्सी पिएकी थिइन् । यो कुरा संगतले थाहा पाएपछि प्रबन्धकको कार्यालयमा लैजाने निधो गरे । 

तर, त्यहाँ उपस्थित निर्मलजीत सिंह सैनी नामका व्यक्तिले आक्रोशित भई ती महिलालाई गोली हानेका थिए’ प्रहरी विज्ञप्तिमा भनिएको छ, ‘सैनीले आफ्नो ३२ बोरको लाइसेन्स प्राप्त रिभल्भरबाट महिलामाथि पाँच राउण्ड गोली हानेका थिए।’  टोलीबाट घाइते कौरलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । 

सो घटनामा घाइते भएका एकजनालाई अस्पतालमा भर्ना गरिएको छ ।  उनको अवस्था स्थिर रहेको बताइएको छ । सो घटनाको अभियुक्तलाई प्रहरीले पक्राउ गरेको प्रहरी अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  १२ : ५१ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल