नेपाली सेनाको टोलीद्वारा सगरमाथाको सफल आरोहण « Khabarhub

नेपाली सेनाको टोलीद्वारा सगरमाथाको सफल आरोहण


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् ।

टिम लिडर प्रमुख सेनानी किशोर अधिकारी, सहसेनानी विष्णुबल राई, सहसेनानी दिपेन्द्रसिंह खत्री, अमल्दार शंकर कुँवर र प्युठ किशोर जबेगु आज बिहान १०ः०५ बजे सगरमाथाको चुचुरोमा पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनएको छ ।

उनीहरुसँगै अभियानका सहभागी सरदार ओङ्छु शेर्पालगायत पाँच जना शेर्पाले पनि सगरमाथा आरोहण गरेका छन् । यसअघि गत वैशाख ४ गते सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यले अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेका छन् ।

गत चैत १४ गते जंगी अड्डामा आयोजित ‘फल्याग अफ सेरेमोनी’मा प्रधानसेनापति प्रभुराम शर्माले झण्डा हस्तान्तरण गरी सफा हिमाल अभियान सुरु गरिएको थियो ।  

उक्त अभियानबाट करिब ३५ हजार किलो फोहर संकलन गर्ने लक्ष्य रहेकामा हालसम्म ३२ हजार तीन सय ११ किलो फोहर संकलन भइसकेको छ । यो अभियान विश्ववातावरण दिवसमा समापन हुने निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  २ : ४२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना