एनएससी-काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता ८ गतेदेखि | Khabarhub Khabarhub

एनएससी-काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता ८ गतेदेखि


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भलिबल सङ्घले एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । .

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सङ्घले जेठ ८ गतेदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

प्रतियोगितामा दक्षिण र मध्य एसियाबाट ८ राष्ट्रको सहभागिता रहने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए।

प्रतियोगितामा नेपाल, बङ्गलादेश, माल्दिभ्स, भारत, श्रीलङ्का, किर्गिस्तान, उज्बेकिस्तान र काजकिस्तानले भाग लिने छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

अध्यक्ष चन्दले प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुनेलाई समेत पुरस्कृत गरिने बताए। उनले सङ्घले यसअघि ठूला–ठूला भलिबल प्रतियोगिताहरू आयोजना गरेको र त्यसको अनुभवका आधारमा अहिलेको प्रतियोगितामा निकै राम्रो व्यवस्थापन गरेको दाबी गरे ।

प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड ७१ लाख लाग्ने अनुमान सङ्घले गरेको छ । सरकारले २०७४ जेठ ८ गते नेपालको राष्ट्रिय खेल भलिबललाई घोषणा गरेको दिनको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागेको सङ्घले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ३ : ४० बजे

कालोपत्र भएको तीन महिनामै सडक भत्किएपछि स्थानीयलाई सास्ती

भोजपुर– कालोपत्र भएको तीन महिनामै सडक भत्किएपछि यहाँका स्थानीय आक्रोशित

राउटे समुदायलाई दशैँ खर्च उपलब्ध 

तुलसीपुर– लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ खर्च

बालिका बलात्कार आरोपमा एक जना पक्राउ

अर्घाखाँची– ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-२

स्वच्छ तथा शुद्ध खानेपानी उपलब्ध गराउन सरकार सचेत : मन्त्री भण्डारी

काठमाडौँ– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं कार्यवाहक खानेपानीमन्त्री शरद्सिंह

इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएसँगै इन्द्रजात्रा सुरु

काठमाडौं– काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा पर्व विधिवत रुपमा सुरु भएको