धनुषामा सडक सुरक्षा सप्ताह सुरु « Khabarhub

धनुषामा सडक सुरक्षा सप्ताह सुरु


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

धनुषा – जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले आजदेखि सडक सुरक्षा सप्ताह सुरु गरेको छ । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा सप्ताह सुरु गरिएको हो ।

‘हर प्रहरी गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ सुरु भएको सडक सुरक्षा सप्ताहमा चालकलाई सडक सुरक्षाको विषयमा सचेतना कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक शेखर साहले बताए ।

शान्तिपूर्ण एवं सुरक्षित यात्राका लागि सोमबारदेखि सुरु गरिएको सडक सुरक्षा सप्ताह २०८० कार्यक्रम जेठ ७ गतेसम्म आयोजना गरिने निरीक्षक साहले बताए ।

आज सडक सुरक्षा सप्ताहको पहिलो दिन मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराई, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्कालगायतले सडक दुर्घटना न्यूनीकरण र सडक सुरक्षाबारे आआफ्नो धारणा राखेका थिए।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ९ : ०८ बजे

त्रिशूली थ्री ‘ए’को सुरुङबाट निकालिएका सञ्जय सैनिक अस्पतालबाट डिस्चार्ज

काठमाडौं– गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण

राष्ट्रसंघको महासभामा जलवायु संकटबाट नेपालमा परेको असर जाकारी गराउछौँ : परराष्ट्र

काठमाडौं– नेपालले अमेरिकी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा

पूर्वप्रेमिकालाई दिएको उपहार फिर्ता माग्ने सिङ्गापुरका एक जनाले मुद्दा हारे

काठमाडौं- सिङ्गापुरका एक व्यक्तिले आफ्नी पूर्वप्रेमिकालाई प्रेम सम्बन्धमा रहँदा दिएको

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले