एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन « Khabarhub

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई फरक–फरक प्रतिवेदन प्रस्तुत भएको छ ।

पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको कार्यदल बैठकमा कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सदस्यसचिव तथा पार्टीका महासचिव शंकर पोखरेलले प्रतिवेदन प्रस्तुत गरेका हुन् । 

कार्यदलका संयोजकले दुवै दस्ताबेज कार्यदलको बैठकमा छलफलका लागि पेश गरेको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । 

दुईवटा छुट्टाछुट्टै दस्ताबेज हुन नसक्ने निष्कर्ष निकाल्दै दुवैको अध्ययन तथा छलफल गरी एउटै साझा दस्ताबेज तयार पारेर सचिवालयलाई बुझाउने सहमति भएको उनले बताए । 

दुवै दस्ताबेज अध्ययन गर्ने र शुक्रबारदेखि आवासीय रूपमा बसेर छलफल गरी एउटै अन्तिम प्रतिवेदन तयार पारेर छिटोभन्दा छिटो सचिवालयलाई हस्तान्तरण गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिए।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  ४ : ०९ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा