भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाड्न हुँदैन : रास्वपा | Khabarhub Khabarhub

भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाड्न हुँदैन : रास्वपा


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्न नहुने बताएको छ ।

रास्वपाका प्रवक्ता एवम् महामन्त्री डा मुकुल ढकालले आज विज्ञप्ति जारी गर्दै भूटानी शरणार्थी प्रकरणका आरोपितको राहदानी जफत गरी दोषीलाई कारबाही र पीडकलाई क्षतिपूर्ति दिलाउन सरकारसँग माग गर्नुभएको छ । उक्त प्रकरण सङ्गठित ठगी र राज्यविरुद्ध अपराध भएको रास्वपाले जनाएको छ ।

“यो घटनाले विश्वसामु स्वाभिमानी नेपालीको शिर झुकाएको छ, यस प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्न हुँदैन, उक्त घटनाका सम्बन्धमा हालसम्म सरकार र नेपाल प्रहरीले उठाएका कदमप्रति हाम्रो साथ, समर्थन छ”, विज्ञप्तिमा भनिएको छ । रास्वपाले उक्त घटना भ्रष्टाचारको मुद्दामात्र नभई एक सङ्गठित ठगी र राज्यविरुद्ध अपराध भएको जनाएको छ ।

भूटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय समुदायमा नेपाल र नेपालीको छविमा आँच पु¥याएको भन्दै उक्त प्रकरणका बहुआयामिक पक्षलाई केलाएर अनुसन्धानलाई सोही ढङ्गले अगाडि बढाउन रास्वपाले सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  १० : ४६ बजे

भारतको युवा टेस्ट : ब्याट र बलमा नै सूर्यवंशीको प्रभाव

काठमाडौं – भारत र इङ्गल्यान्डको युवा क्रिकेट टोलीको खेलमा लगातार

दाङमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङ– दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ ।

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक

कराई डढेर फोहोर भएको छ ? चम्किलो बनाउन यसो गर्नुहोस्

काठमाडौं- स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको ठाउँ हो- भान्साकोठा । हामी

ओपनएआईले एआईमा आधारित वेब ब्राउजर ल्याउँदै, गुगल क्रोमलाई घाटा लाग्ने अनुमान

काठमाडौं– च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले एआईबाट सञ्चालन हुने वेब ब्राउजर