ओपनएआईले एआईमा आधारित वेब ब्राउजर ल्याउँदै, गुगल क्रोमलाई घाटा लाग्ने अनुमान « Khabarhub

ओपनएआईले एआईमा आधारित वेब ब्राउजर ल्याउँदै, गुगल क्रोमलाई घाटा लाग्ने अनुमान


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले एआईबाट सञ्चालन हुने वेब ब्राउजर ल्याउने तयारी गरेकाे छ । केही सातामै ओपनएआईले एआईमा आधारित वेब ब्राउजर लन्च गर्ने अपेक्षा गरिएको छ ।

यसले प्रयोगकर्ताहरूलाई ब्राउजरभित्रै सबै जानकारी प्रदान गर्ने दाबी गरिएको छ । ओपनएआईले एआईमा आधारित ब्राउजर ल्याएको खण्डमा त्यसले गुगललाई ठूलो घाटा हुने विश्लेषण गरिएको छ । अहिले सबैभन्दा धेरै प्रयोग हुने ब्राउजरमा क्रोमको नाम शीर्ष स्थानमा आउँछ । क्रोमले ब्राउजर बजारको ६० देखि ७० प्रतिशत हिस्सा ओगट्दै आएको अनुमान गरिएको छ ।

नयाँ एआई ब्राउजरले प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने दाबी गरिएको छ । यसबाट प्रयोगकर्ताहरूले कुनै वेबसाइटमा प्रवेश नगरीकनै सबै जानकारी प्राप्त गर्न सक्नेछन् ।

समाचारमा दाबी गरिएअनुसार ओपनएआईले तयार गरिरहेको ब्राउजर क्रोमियममा आधारित छ । यो एक प्रकारको ओपन–सोर्स कोड हो । क्रोमियममै आधारित रहेर गुगलको क्रोम, माइक्रोसफ्ट एज र ओपेरा ब्राउजरको पनि विकास गरिएको हो ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ६ : ४७ बजे

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली