शिक्षामा सीप कार्यक्रमप्रति विद्यार्थी उत्साहित « Khabarhub

शिक्षामा सीप कार्यक्रमप्रति विद्यार्थी उत्साहित

‘अनुगमन र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ’



काठमाडौं महानगरपालिकाले ल्याएका कार्यक्रमध्ये हामीले आफ्नो विद्यालयमा दुई वटा सीपमुलक कार्यक्रम छनोट गरेका छौं। त्यसमा मोबाइल रिपेयरिङ र ब्युटिसियन छन्। यसमा छात्रले मोबाइल रिपेयरिङ र छात्राले ब्युटिसियन सिक्ने बताएका थिए। तर अन्तिममा एउटा मात्र ब्युटिसियन कार्यक्रम आएपछि छात्रहरु निराश भएका छन्। हामीले छात्रा उत्साहित भएको पाएका छौं। निराश भएका छात्रलाई साउन वा भदौमा अर्को कार्यक्रम ल्याउने जानकारी गरेका छौं। यसको व्यवस्थापन र समन्वयनको काम भइराखेको छ।

हाम्रो विद्यालयको कक्षा ९ मा अध्ययनरत ६० जना विद्यार्थीमध्ये ३० जना ब्युटिसियनको सीप सिक्नका लागि छनोट भएका छन्। यो सीप सिक्न पाउँदा उनीहरु खुशी छन्। यो कार्यक्रमको योजना बनाउँदादेखि नै हामी सहभागी भएर योजना बनाएर अगाडि बढेको कारण यो स्वागतयोग्य छ।

यो कार्यक्रम अझ ६ कक्षाबाट नै राख्यो भने थप राम्रो होला जस्तो लाग्छ। ९ र १० कक्षाका लागि ल्याइएको यो कार्यक्रममा १० वटा मात्र क्षेत्र सीमित गर्नु हुँदैन। सीपमुलक कार्यक्रममा अरु क्षेत्रहरू धेरै छन्। त्यस्ता सीपलाई क्रमश थप गर्दै जानुपर्छ।

अहिले हामीले ९ कक्षा भने पनि त्यही कक्षाका विद्यार्थीलाई समेट्न नसकेको अवस्था छ। पछल्लो कार्यक्रममा बाँकी विद्यार्थीलाई समेट्नुपर्ने छ।

व्यवस्थापनको पक्षमा कुरा गर्दा कतिपय विद्यालयमा विद्यार्थी संख्या र ल्याबको व्यवस्थापन गर्न नसकेको अवस्था छ।

हामीले कार्यक्रम ल्यायौँ। सिक्नका लागि विद्यार्थी उत्साहित छन्। तर विद्यालयमा ठाउँको अभाव छ। यो समस्या अरु विद्यालयमा जस्तै हाम्रोमा पनि छ। त्यसलाई पनि विचार गर्नुपर्छ होला।

विद्यालयमा यो कार्यक्रम सञ्चालन भएपछि अनुगमनको पाटोमा पनि ध्यान दिनुपर्ने देखिन्छ। अनुगमन विद्यालयले मात्र गर्ने हो कि काठमाडौं महानगरपालिकाले संयन्त्र बनाएको छ ? यो गम्भीर सवाल छ। यसमा पनि विमर्श आवश्यक देखिन्छ।

अहिले यो कार्यक्रमको प्रभावकारिता हेर्ने समय भएको छैन। सुरुसुरु भएर विद्यार्थी उत्साहित छन्। तर शुक्रबार र शनिबार दुवै व्यस्त हुँदा विद्यार्थी अनुपस्थित हुनेको दर धेरै छ। यो आर्थिक वर्षमा सम्भावना देखिँदैन। आगामी आर्थिक वर्षको सुरुमै यी विषयलाई योजना बनाएर अगाडि लैजानुपर्छ।

यो कार्यक्रमको सबै कुरा राम्रो छ। सबै निकायका जिम्मेवार पदाधिकारीले मेहनत गरेर हामीलाई हौसला र साथ दिनुभएको छ त्यसैले सबैलाई धन्यवाद। विद्यार्थीलाई ज्ञानसँगै सीप सिकाउने कुरामा हामी पनि एकदम मेहनत गरेर अगाडि बढ्छौं।

(खबरहब र रेडियो क्यान्डिडले आयोजना गरेको ‘शिक्षामा सीप कार्यक्रमको प्रभावकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा निल बराही माविकी प्रधानाध्यापक जानुका नेपालले राखेको धारणाको सम्पादित अंश)

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ९ : ४० बजे

एनबीए फाइनलमा ट्रम्पविरुद्ध दर्शकको चर्को हुटिङ र नाराबाजी 

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनबीए फाइनलको खेल हेर्न पुगेका

सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव

महेन्द्रनगर– सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोपको अभाव

नतिजा देखिने गरी कार्यसम्पादन गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय तथा मातहतका

गृहमन्त्रीमा फर्किँदै सुधन गुरूङ, दिउँसो ३ बजे शपथ

काठमाडौं– गत वैशाख ९ गते राजीनामा दिएका सुधन गुरूङ गृहमन्त्रीमा

पूर्वाधार मन्त्रालयको बजेट वितरणमा विगतकै जस्तो असमानता, केही जिल्लामा अति धेरै, केहीमा अति न्यून

काठमाडौं– भौतिक विकास मन्त्रालयको बजेट वितरणमा निकै असमानता देखिएको छ