लामो समयसम्म परेको खडेरीले कृषि बालीमा असर | Khabarhub Khabarhub

लामो समयसम्म परेको खडेरीले कृषि बालीमा असर


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

रामपुर– लामो समयसम्म परेको खडेरीले कृषि बालीमा असर पुगेको छ । आकाशे पानी नपरेपछि खेतबारी तथा करेसाबारीमा लगाइएका अन्नबाली तथा तरकारी सप्रन पाएका छैनन् । 

मकै, तरकारी, फलफूल खेती सिँचाइ अभावले सुक्न थालेका छन् । मकै खेतीले हराभरा हुने खेतबारी यतिबेला सुक्खा बनेका छन् । विगतका वर्षमा यस समय खेतमा लगाइएको मकै स्याहार्ने चटारो हुने गरेकोमा यस पटक खेतमै घुँघा नलाग्दै सुकेर नष्ट भएको पाल्पाको रामपुरकी कृषक राधिका भण्डारीले बताए।

‘अघिल्ला वर्षमा खेतमा लगाइएको मकै पाकेर स्याहार्ने चटारो हुन्थ्यो, खडेरीले अहिले त एउटा घोगा पनि मकै स्याहार्न पाइएन, किसानलाई खेती गरेर खान पनि समस्या छ’, उनले गुनासो पाखे । खेतमा लगाइएको मकैले वर्ष दिनसम्म भैसीलाई आहार व्यवस्थापनका लागि सजिलो हुने गरेकोमा यस पटक उत्पादन स्याहार्न नपाउँदा बजारबाट खरिद गरेर पशुपालन गर्ने अवस्था सिर्जना भएको उनको भनाई छ । जेठको अन्तिम सातादेखि यस क्षेत्रमा खेतमा पाकेका मकै स्याहार्ने कामले किसान व्यस्त रहन्थे । हिजोआज किसानको दिन फुर्सदिलो बनेको छ ।

सिँचाइ सुविधा भएका खेतबारीमा पनि आकाशे पानीको अभावले राम्रोसँग मकै सप्रन सकेको छैन । पानीका मूल खडेरीले सुक्दै जान थालेपछि सिँचाइ सुविधा पुगेका जमिन सुक्खा बनेका छन् । लामो समय खडेरीले खोला, नदीनालाका मूल, कुवाका पानी सुक्न थालेपछि कुलो तथा नहरबाट सिँचाइका लगिएका पानी खेतको मुहानमा पुग्नै समस्या रहेको बताउँछन्, अगुवा कृषक घनश्याम देवकोटा ।

उनले भने, ‘नहर, कुलोको पानी खेतको मुहानमा पुर्‍याउन सकिएको छैन, तरकारी खेतीमा खानेपानी आयोजनाको पानी बिहान साँझ बोकेर राख्ने हो, दिनभर चर्को घामले पानी राखे नराखेको केही फरक छैन ।’  देवकोटाले लामो समयदेखि व्यावसायिकरुपमा तरकारी खेती गरिरहेका छन् । करिव पाँचदेखि सात रोपनीमा उनले विभिन्न जातका तरकारी लगाउँछन् । प्रयाप्त सिँचाइ दिन नपाउँदा बोटमा नै तरकारी ओइलाउन थालेको उनले बताए।

खडेरीले मकैबाली तथा तरकारी खेतीमा नराम्रो असर गरेपछि यस पटक मकैबाली उत्पादन घट्ने रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए। उनका अनुसार रामपुरका सिँचाइको पर्याप्त सुविधा भएका केही ठाउँमा लगाइएको मकै आकाशे पानीको अभावले राम्रोसँग सप्रन सकेका छैनन् । घोका लागेका केही मकैमा किरा लाग्नेजस्ता समस्या देखिएको छ भने दाना पनि त्यति राम्रोसँग नलागेको किसान बताउँछन् । 

दुःख गरेर लगाएको बाली स्याहार्न नपाई खडेरीले खेतबारीमै विलीन हुँदा किसान मारमा परेका छन् । खेतबारी खनजोत, मकै गोडमेल, मलजलका लागि गरेको लगानी खेर गएकोमा किसान चिन्तित बनेका छन् । 

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ९ : ४९ बजे

एमालेका अधिकांश कमिटीका अधिवेशन सम्पन्न

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेश र सबै जिल्लाका अधिवेशन

टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी

संयुक्त राज्य अमेरिका- अमेरिकाको टेक्सास राज्यमा मुसलधारे वर्षाका कारण आएको

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने- निर्णय अनुमोदन गरेको हुँ, अनियमितता गरेको छैन

काठमाडौं– पुरानो बसपार्कस्थित काठमाडौं टावरको विवादमा आफ्नो चरित्र हत्या भएको

भरतपुर अस्पतालमा पनि चिकित्सकको धर्ना

चितवन– उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक सङ्घले घोषणा