पहिरोले बेसिशहर चामे सडक अवरुद्ध | Khabarhub Khabarhub

पहिरोले बेसिशहर चामे सडक अवरुद्ध


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

लमजुङ– बुधबार दिउँसोदेखि परेको वर्षाका कारण बेँसीसहर–चामे सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

यस खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिर, मर्स्याङ्दी गाउँपालिकाको सिम्पानी आँगेलगायतका स्थानमा सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीले बताए।

खरखरेमा सडक भासिनुको साथै सडकमाथिबाट ठूला–ठूला ढुङ्गा, माटोसहितको पहिरोले सडक अवरुद्ध भएको छ। यस्तै यस सडकखण्डका विभिन्न स्थानमा सडकमाथिबाट पहिरो आउँदा सडक अवरुद्ध भइरहेको स्थानीयवासीको भनाइ छ। 

यी स्थानको अवरुद्ध सडक खुलाउनका लागि स्काभेटर प्रयोग भइरहेको इन्जिनियर अधिकारीको भनाइ छ।
यस सडकमा बर्सेनि पहिराले पटक-पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन्।

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ११ : २२ बजे

जुम्लामा आगलागी हुँदा दुई घर नष्ट

जुम्ला – चन्दननाथ नगरपालिका– ३ स्थित सिम्खाडा गाउँमा आगलागी हुँदा

तीन वर्षमा एक हजार छ सय ६६ अनलाइन सञ्चार माध्यम सूचीकृत

काठमाडौं – पछिल्लो तीन वर्षमा प्रेस काउन्सिल नेपालमा एक हजार

बेनी पुगे प्रचण्ड, खबरदारी सभालाई सम्बोधन गर्ने

पर्वत – नेकपा (माओवादी केन्द्र) का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’

आरटिसी भुटान बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

सुनसरी – इटहरी राजा फुटबल क्लबलाई ४–१ गोल अन्तरले हराउँदै

पाँच महिनामा ४० लाखको मह बिक्री

रुकुमपश्चिम – मह बिक्रीबाट यस वर्ष जिल्लाका किसानले रु ४०