अफगानिस्तानमा निसास्सिएर दुई जना खानी मजदुरको मृत्यु « Khabarhub

अफगानिस्तानमा निसास्सिएर दुई जना खानी मजदुरको मृत्यु


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानको सामङ्गन प्रान्तमा निसास्सिएर दुई जना खानी मजदुरको मृत्यु भएको छ । घटनामा अरु ३५ जना बेहोस भएका छन् ।

सामङ्गन प्रान्तको दरा–ए–सुफ बाला जिल्लाको मेराक दाहाने कोइला खानीमा उक्त घटना भएको अफगान समाचार संस्था खामा प्रेसले जनाएको हो ।

उक्त कोइला खानी गैरव्यावसायिक भएको तालिबानका प्रशासनअन्तर्गतको दरा–ए–सुफ बालाका गभर्नर मोहम्मद नसिम खैबर सेकानले बताएका छन् । सुरक्षा उपाय नअपनाउँदा उक्त घटना भएको उनले बताएका छन् । बिरामी भएका सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि गत शनिबार पनि अफगानिस्तानको बाघलान प्रान्तको कोइला खानीमा निस्सासिएर एक जना मजदुरको मृत्यु भएको थियो । घटनामा अर्का एक जना बेहोस भएका थिए ।

ताला–ओ–बरफाक जिल्लामा रहेको कोइला खानीमा काम गर्ने क्रममा विषाक्त ग्यास चुहिँदा उक्त घटना भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ११ : ५६ बजे

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको

युद्धविरामअघि ओडिसामा घातक हमला

किएभ– अर्थोडक्स इस्टरको अवसरमा घोषणा गरिएको अस्थायी युद्धविराम लागू हुन

संसद्‌मा प्रधानमन्त्री मौन रहनु स्वेच्छाचारी शासनको संकेत : महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति

यस्तो अवस्थामा छ जनकपुर चुरोट कारखाना (तस्बिरहरू) 

 जनकपुरधाम– लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी