शे-फोक्सुण्डो तालमा प्रहरीचौकी स्थापना « Khabarhub

शे-फोक्सुण्डो तालमा प्रहरीचौकी स्थापना


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ रिग्मो गाउँमा रहेको पर्यटकीयस्थल फोक्सुन्डो तालमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले शे–फोक्सुण्डो ताल पुगेर अस्थायी प्रहरी पोष्टको स्थापना गरेका हुन् ।

आन्तरिक तथा विदेशी पर्यटकको आगमन भइरहने सुन्दर पर्यटकीयस्थल शे–फोक्सुण्डोमा आपराधिक क्रियाकलाप हुन नपाओस् भनेर पहिलो पटक अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको र यसलाई विस्तारै स्रोतसाधनले सम्पन्न गराएर स्थायी बनाइने प्रदेश ढकालले बताए ।

त्यसैगरी पछिल्लो समय शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन वृद्धि भइरहेकाले पर्यटकलाई सुरक्षा प्रदान गर्न तथा ‘सुरक्षित शे–फोक्सुण्डो सुरक्षित पर्यटक’ भन्ने अवधारणाअनुरूप छिट्टै शे–फोक्सुण्डोमा पर्यटक प्रहरी युनिटकोसमेत स्थापना गरिने प्रहरी नायब महानिरीक्षक ढकालले जानकारी दिए । 

शे–फोक्सुण्डो ताल हेर्न जानेको दैनिक भीड लाग्ने गरेको छ । चिसो मौसममा उपल्लो डोल्पाका सात प्रहरीचौकी सदरमुकाम दुनै सार्ने गरिन्छ । आवश्यक व्यवस्थापन नहुँदा प्रहरीचौकी दुनै सारिँदै आइएको छ । 

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  १ : ४८ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु