विनियोजन शीर्षकमाथिको छलफलमा खेलकुदमन्त्री अनुउपस्थित | Khabarhub Khabarhub

विनियोजन शीर्षकमाथिको छलफलमा खेलकुदमन्त्री अनुउपस्थित


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू उपस्थित नभएपछि विनियोजन विधेयक, २०८० अन्तर्गत उक्त मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल हटाइएको छ । आजको बैठकमा युवा तथा खेलकुद, वन तथा वातावरण र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची थियो ।

मन्त्रालयगत छलफल प्रारम्भ भएको करिब डेढ घन्टापछि प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० का सांसद सूर्यबहादुर थापाले मन्त्री उपस्थित नभएसम्म छलफल अगाडि बढ्न नसक्ने भन्दै विरोध गरेपछि सभामुख देवराज घिमिरेले उक्त मन्त्रालयसँग सम्बन्धित विषयलाई कार्यसूचीबाट हटाइएको जानकारी गराए ।

यसअघि शहरी विकास मन्त्रालयसँग सम्बन्धित पुस्तिका प्राप्त हुन नसेकपछि आजको बैठकमा तय भएको उक्त मन्त्रालयमाथिको छलफलको कार्यसूची पनि हटाइएको थियो ।

बैठक सञ्चालनका क्रममा उपसभामुख इन्दिरा रानाले युवा तथा खेलकुदमन्त्री लिम्बू विदेशमा रहेको र मन्त्रालयको कार्यभार सम्हालेका अर्का मन्त्रीलाई बैठकमा उपस्थित हुन खबर गरिएको बताएका थिए। उनले उक्त मन्त्रालयको सचिवसहितको टोली छलफलमा उठेका विषयको टिपोटका लागि उपस्थित भएको पनि जानकारी गराएका थिए ।

सांसद थापाले मन्त्री विदेशमा भए, स्वदेश फर्केपछि सम्बन्धित मन्त्रालयका बारेमा छलफल गर्न सकिने भन्दै उक्त मन्त्रालयसँगको छलफललाई आजको कार्यसूचीबाट हटाउन माग गरे । मन्त्री उपस्थित नभएको तथा मन्त्रालयका सचिव बैठकमा बस्नुभएको भन्ने उपसभामुखको रुलिङलाई मान्न नसकिने जनाउँदै उनले उक्त मन्त्रालयको छलफल अर्को दिन राख्न माग गरे ।

‘सचिवज्यू देख्दैनौँ यहाँ, यदि युवा तथा खेलकुदमन्त्री हुनुहुन्न भने यो विषयलाई आजको कार्यसूचीबाट हटाइयोस् र उनी स्वदेश फर्केपछि छलफलमा राखियोस्’, उनले भने, ‘मन्त्री बेगरको छलफल नगरियोस् ।’

बैठकमा वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतो र महिला, बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्य भने उपस्थित थिए।

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  २ : ५४ बजे

संसद गालीगलौच र भ्रामक बहसमा दौडने मैदान बन्यो : मीन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले संसदलाई मर्यादित, व्यवस्थित, तथ्यपरक

उत्तरी गाजा छाड्न प्लेस्टाइनीलाई इजरायलको चेतावनी

इजरायल – इजरायलले गाजा सहर र जाबालियामा रहेका प्यालेस्टाइनीलाई उक्त

आज संसद दिवस मनाइँदै

काठमाडौं– मुलुकमा पहिलोपटक जननिर्वाचित संसद बैठक बसेको दिनको स्मरणमा सोमबार

पहिरोले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी– गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध भएको छ । आइतबार राति

पाँच शिक्षकलाई ‘स्टार टिचर अवार्ड’

ताप्लेजुङ– ताप्लेजुङमा कार्यरत १३ शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक