गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन  « Khabarhub

गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन 


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जुम्ला– तिला गाउँपालिकाको स्वास्थ्य शाखाले पालिकाभित्रका पाँच स्वास्थ्य चौकीमा क्षयरोगका बिरामी पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

गाउँपालिकाका स्वास्थ्यकर्मी गाउँमै गएर क्षयरोगका बिरामीको पहिचान गरी थप स्वास्थ्य उपचार र सल्लाह दिन क्षयरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको गाउँपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेब उत्तम देवकोटाले जानकारी दिएका छन् । 

सूक्ष्म जीवाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग नै क्षयरोग हो । स्वास्थ्यप्रति सचेतनाको कमी र गरिबीका कारण नेपालमा यस रोगका बिरामी धेरै छन् । विश्वमा मात्र होइन नेपालमा पनि क्षयरोगका बिरामी बढिरहेका उनले बताए। यसको प्रमुख कारण खानपानमा ध्यान नदिनु र विलाशी जीवनशैली हो । अहेव देवकोटाले भने, ‘स्वास्थ्यकर्मीसहितको टोली तिलाका ग्रामीण स्वास्थ्यचौकीमा पुगेर स्वास्थ्य शिविर सञ्चालनबाट यहाँका करिब तीन सय १२ जना लाभान्वित भएका छन् ।’ 

सो स्वास्थ्य शिविरबाट राँसा स्वास्थ्यचौकीमा महिला ८१, पुरुष ४५, जुम्लाकोट स्वास्थ्यचौकीमा महिला २९, पुरुष २१, कुडारी  स्वास्थ्यचौकीमा महिला २४, पुरुष २३, रारालिही स्वास्थ्यचौकीमा महिला २५, पुरुष २४ र घोडे महादेव स्वास्थ्यचौकीमा महिला २० तथा पुरुष २० गरि जम्मा तीन सय १२ जनाको क्षयरोगसम्बन्धी स्वास्थ्य जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखाका सिनियर स्वास्थ्य अहेब देवकोटाको भनाइ छ । 

स्वास्थ्य सेवालाई सहज पहुँचमा पुर्‍याउनका लागि गाउँ केन्द्रित स्वास्थ्य सेवा दिने थालेको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए। पालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई गाउँमा लिएर स्थानीयको स्वास्थ्य जाँच र उनीहरूको स्वास्थ्य समस्याबारे समाधान गर्न लागि गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन जस्ता राहत हुने कार्यक्रम स्थानीय सरकारले विशेष प्राथामिकतामा राखेर गरेको उपाध्यक्ष बुढाको भनाइ छ । 

गाउँमै क्षयरोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेकामा यहाँका बासिन्दालाई स्वास्थ्य जाँच गर्न सहज भएको तिला–१ का स्थानीय माने रावलले बताए । उक्त स्वास्थ्य शिविरबाट पालिकाका नौवटै वडाका ज्येष्ठ नागरिकलगायतले स्वास्थ्य शिविरबाट सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ । 

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ३ : ३९ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु