वर्षाले नेपाल र भारतबीचको खेल रद्द « Khabarhub

वर्षाले नेपाल र भारतबीचको खेल रद्द


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत आज हुने भनिएको नेपाल र भारत ‘ए’ बीचको खेलमा वर्षाका कारण रद्द भएको छ ।  

हङकङको हङकङ क्रिकेट मैदानमा वर्षा बाधक बनेपछि खेलमा टस नै हुन सकेन । यस खेल रद्द भएसँगै  नेपाल र भारत ‘ए’ ले समान एक-एक अंक बाँडेका छन् । अंक बाँडेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना अझै जीवित नै छ । 

थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गरेको हो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा हङकङ, भारत र पाकिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा मलेसिया, युएई, बंगलादेश र श्रीलंका छन् ।

नेपालले दुई खेलपछि एक अंक जोडेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ९ रनले पराजित भएको थियो । नेपालले समूहको अन्तिम खेल आगामी असार २ गते हङकङसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ३ : ५४ बजे

खुला सीमाको फाइदा उठाउँदै डिम्ब तस्करी गराउने गिरोह सक्रिय, किशोरी जोखिममा

काठमाडौं- नेपालको सीमावर्ती क्षेत्रबाट आर्थिक प्रलोभन देखाएर नेपाली किशोरी तथा

नेपाल बाल संगठनमा मन्त्री सीता बादीको छड्के अनुगमन

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ ।

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी : एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता

काठमाडौं– वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरू