वृद्धवृद्धा स्याहारकर्ता तालिम सुरु « Khabarhub

वृद्धवृद्धा स्याहारकर्ता तालिम सुरु


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमै पहिलो पटक वृद्धवृद्धाको स्याहारसुसार सम्बन्धीको तालिम सुरु भएको छ । भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारी सृजनानगरमा एलाइट हेल्थ केयर एण्ड रिसर्च सेन्टर सञ्चालनमा ल्याइएको हो । 

इजराइलमा झण्डै डेढ दसक त्यस सम्वन्धी अनुभब बटुलेर आएकाहरूको संयुक्त प्रयासबाट केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रकी संस्थापक अध्यक्ष अमृत्यश्वरी सुवालले घरघरमा हुने वृद्धवृद्धाको स्याहार कसरी गर्नुपर्छ भन्ने ज्ञान घरघरमा हुनुपर्ने भएकोले तालिम केन्द्र सञ्चालनमा ल्याइएको जनाइन् । तालिमप्रति महिला पुरुष दुवैको उतिकै आकर्षण रहेको सुवालले सुनाइन् । 

तलिममा विशेष गरेर अझ विदेश जाने सपना बोकेकाहरुको रुचि देखिएको जनाइएको छ । यहाँं तीन महिनाको तालिम लिएपछि स्वदेश वा विदेशमा सजिलै रोजगारी पाइने भएकोले यसप्रतिको आकर्षण बढेको हो, सुवालले भनिन्, विदेशमा पनि यो सीप लिएर गयो भने स्टुडेन्ट भिसामा जानेहरूले पनि सजिलै पार्ट टाइम काम पाउने हुन्छ । तालिमपछि वृद्धवृद्धालाई स्याहार्ने वैज्ञानिक अनि व्यवहारिक सीपहरू सिकिने छ । 

 एलाइट हेल्थ केयर एण्ड रिसर्च सेन्टर सृजनानगर १ भक्तपुरका प्रोपाइटर रामबाबु राउतका अनुसार यो कोर्ष सीटीईभीटीईसँंग सम्बन्धित् हुन्छ । उनका अनुसार यो कोर्ष तीन महिनाको हुन्छ । यसका साथसाथै वृद्धवृद्धाको उचित र वैज्ञानिक स्याहारसुसारका लागि सीटीईभीटीईको नै वारिस्ता र हाउस किपिङ सर्भिस तालिम पनि रहेको राउत सुनाउँछन्

 इजरायलमा यही क्षेत्रमा १५ वर्षको अनुभव बटुलेर आएका राउत विकसित अविकसित सबै देशका परिवारका एक न एक सदस्य यस विषयमा जानकारी राखीरानुपर्ने आवश्यकता औंल्याउँछन्

हरकेका घरमा हुने वृद्धवृद्धा स्याहार्ने क्रममा जानेर वा नजानेर हरेक गल्तीहरू भइरहेका हुन्छन्, उनले भने, त्यही गल्ती हुन नदिई राम्ररी हेरचाहका लागि यसको महत्व अझ धेरै छ ।’ तालिम लिनका लागि महिलाहरू मात्रै नभई पुरुषहरू पनि उतिकै आउने गरेको उनले सुनाए । 

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ४ : ०० बजे

मिटरब्याजसम्बन्धी आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं–  सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विगतका विभिन्न आयोगहरूको प्रतिवेदन

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत फिर्ता सुरु

काठमाडौं– बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच वटा

रास्वपा सांसद न्यौपानेको प्रश्न- ३५ वर्षको समस्या ३५ दिनमै कसरी हल हुन्छ ?

विगतमा उत्तरदायी र पारदर्शी राजनीति हुनुपर्छ भनेर सडकबाट आवाज उठाउने

स्वास्थ्य अवस्था गम्भीर बनेपछि पूर्वराष्ट्रपति टोलेडोले मागे मानवीय माफी

लिमा- भ्रष्टाचारसम्बन्धी मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका पेरुका पूर्वराष्ट्रपति अलेजान्ड्रो

मिडियामा गाडी पार्किङबारे रविले भने- रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारगृहबाहिर पार्किङ गरिएका