कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा भ्याट लगाइएको हो : डा. महत « Khabarhub

कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा भ्याट लगाइएको हो : डा. महत


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको बताएका छन् ।

बिहीबार सिंहदरबारमा नेपाल कृषि मेसिनरी व्यवसायी संघ, कृषक संघलगायत कृषकहरुसँगको सामूहिक भेटका क्रममा अर्थमन्त्री महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण गर्ने र कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा कर लगाइएको बताएका हुन् ।

उनले यस्तो करले स्वदेशी उत्पादन नभई आयातित वस्तुमात्रै महङ्गो हुने र स्थानीय उत्पादनलाई असर नपर्ने जिकिर गरे । अर्थमन्त्री महतले करको दर लागू नहुँदै सुनियोजित रुपमा केही संगठित व्यक्तिहरुले मूल्यवृद्धि गरेको बताए ।

उनले उत्पादनका आधारमा अनुदान दिने, गुरु किसान कार्यक्रम लगाएतका बिषयहरुलाई बजेटले प्राथमिकतामा राखिएको जानकारी दिए ।

भेट क्रममा प्रतिनिधिहरुले आन्तरिक उत्पादनको संरक्षणको लागि सरकारको कदम स्वागतयोग्य भएको भन्दै यस क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ४ : ५५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका