दुई मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न « Khabarhub

दुई मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफल सकिएको छ ।

ती मन्त्रालयमाथिको शीर्षकमा ३३ सांसदका लागि छलफलमा भाग लिन समय उपलब्ध गराइएको थियो । प्रतिनिधिसभाको आगामी असार १ गते बिहान ११ बजे बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरूमाथि छलफल हुने तय भएको छ ।

साथै युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको अनुपस्थितिका कारण आज सो मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकको छलफल दैनिक कार्यसूचीबाट हटाइएको थियो । सो मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफल आगामी असार ६ गतेका लागि निर्धारण गरिएको छ ।

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ८ : २७ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका