ओमानविरुद्ध नेपालको सहज जित, भुर्तेलको उत्कृष्ट शतक « Khabarhub

ओमानविरुद्ध नेपालको सहज जित, भुर्तेलको उत्कृष्ट शतक


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आइसीसी विश्वकप एकदिवसीय छनोटको आफ्नो अन्तिम वार्मअप खेलमा नेपालले ओमानलाई पराजित गरेका छ । जिम्बावेको हरारेमा बिहीबार भएको खेलमा ओपनर कुशल भुर्तेलको उत्कृष्ट शतकको सहयोगमा नेपालले ओमानलाई २ विकेटले पराजित गरेको हो ।

ओमानले दिएको २ सय ६८ रनको लक्ष्य नेपालले ४४ दशमलव ५ ओभरमा आठ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि कुशल भुर्तेल ९४ बलमा सर्वाधिक १ सय १ रन, भीमले ७४ बलमा ५६ रन, आसिफ शेखले २३ को योगदान गरे । यस्तै कप्तान रोहितकुमार पौडेलले ३१, दीपेन्द्रसिंह ऐरीले २२ बलमा २६ रन बनाए । भने सन्दीप लामिछाने १ बलमा ६ रन बनाउँदै अविजित रहे ।

ओमानका लागि अकिब ईलियासले ४ तथा फैयाज बटले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४९ दशमलब २ ओभरमा अलआउट हुदै २ सय ६७ रन बनायो ।

ओमानका लागि कप्तान जिशान मकसुदले १ सय ६ बलमा १ सय ९ रनको शतकीय ईनिङ खेले । त्यस्तै सोयब खानले ३८, सन्दीप गोडीले ३१ बलमा १५ तथा नसिम खुसिले ९ बलमा १७ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । करण केसी, प्रतिश जि।सीले समान १/१ विकेट आफ्नो नाम गरे ।

विश्वकप छनोट आगामी आईतबारबाट सुरु हुनेछ । विश्वकप छनोटको पहिलो खेलमा नेपालले आईतबार घरेलु टोली जिम्बावेसँग खेल्नेछ ।

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ८ : ३८ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक