ओमानविरुद्ध नेपालको सहज जित, भुर्तेलको उत्कृष्ट शतक « Khabarhub

ओमानविरुद्ध नेपालको सहज जित, भुर्तेलको उत्कृष्ट शतक


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आइसीसी विश्वकप एकदिवसीय छनोटको आफ्नो अन्तिम वार्मअप खेलमा नेपालले ओमानलाई पराजित गरेका छ । जिम्बावेको हरारेमा बिहीबार भएको खेलमा ओपनर कुशल भुर्तेलको उत्कृष्ट शतकको सहयोगमा नेपालले ओमानलाई २ विकेटले पराजित गरेको हो ।

ओमानले दिएको २ सय ६८ रनको लक्ष्य नेपालले ४४ दशमलव ५ ओभरमा आठ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि कुशल भुर्तेल ९४ बलमा सर्वाधिक १ सय १ रन, भीमले ७४ बलमा ५६ रन, आसिफ शेखले २३ को योगदान गरे । यस्तै कप्तान रोहितकुमार पौडेलले ३१, दीपेन्द्रसिंह ऐरीले २२ बलमा २६ रन बनाए । भने सन्दीप लामिछाने १ बलमा ६ रन बनाउँदै अविजित रहे ।

ओमानका लागि अकिब ईलियासले ४ तथा फैयाज बटले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४९ दशमलब २ ओभरमा अलआउट हुदै २ सय ६७ रन बनायो ।

ओमानका लागि कप्तान जिशान मकसुदले १ सय ६ बलमा १ सय ९ रनको शतकीय ईनिङ खेले । त्यस्तै सोयब खानले ३८, सन्दीप गोडीले ३१ बलमा १५ तथा नसिम खुसिले ९ बलमा १७ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । करण केसी, प्रतिश जि।सीले समान १/१ विकेट आफ्नो नाम गरे ।

विश्वकप छनोट आगामी आईतबारबाट सुरु हुनेछ । विश्वकप छनोटको पहिलो खेलमा नेपालले आईतबार घरेलु टोली जिम्बावेसँग खेल्नेछ ।

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ८ : ३८ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा