नेवार समुदायले आज घण्टाकर्ण पर्व मनाउँदै « Khabarhub

नेवार समुदायले आज घण्टाकर्ण पर्व मनाउँदै


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलनका साथ आज गठामुंगः (घण्टाकर्ण) पर्व मनाउँदै छन् ।

चन्द्रमास अनुसार साउन कृष्ण पक्षको चतुर्दशीका दिन काठमाडौँ उपत्यका र देश विदेशमा रहेका नेवार समुदायमा यो चाड मनाइन्छ । यस पर्वमा घण्टाकर्ण राक्षसको पुत्ला बनाई जलाउनुका साथै भूत, प्रेत र पिशाच आदिलाई तन्त्रोक्त विधिले बिदा गर्ने गरिन्छ। यस दिन भूतप्रेतको पूजा गर्ने पनि गरिन्छ ।

बेलुका घण्टाकर्णको पुत्ला घिसार्दै नजिकैको खोलामा लगेर जलाउने गरिन्छ। घण्टाकर्णलाई सेलाएपछि घरको दैलामा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औँठी लगाउने चलन छ।

भाषा तथा संस्कृतिविद् गणेशराम लाछीले घरलाई चोखो बनाएपछि बौ वाय् ज्या (भूत पन्छाउने कार्य) गर्ने बताए । उनले काँचो माटोको सानो दहीको कतारोमा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रङ्गीविरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने प्रचलन रहेको बताए ।

त्यसै गरी साँझपख घर घरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा फाल्ने कार्य) गरिन्छ। छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूलसमेत राखेर घरको परिक्रमा गराई छ्वासे (मरेको मानिसको कपडा फाल्ने ठाउँ) मा लगेर सेलाउने गरिन्छ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ६ : ५७ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा