विश्व खेलकुदमा कमजोर बन्दै चिनियाँ स्तर « Khabarhub

विश्व खेलकुदमा कमजोर बन्दै चिनियाँ स्तर


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

संसारका दुई महत्त्वपूर्ण विश्व च्याम्पियनसिप अबको एक महिनाको अन्तरमा हुँदैछन्। यी दुवै प्रतियोगितामा रुसको सहभागिता रहने छैन। गत वर्ष नै युक्रेनमाथि आक्रमण गरेयता रुसलाई विश्व खेलकुदको महत्त्वपूर्ण प्रतियोगितामा सहभागी हुनबाट प्रतिबन्ध लागेको छ।

रुसको यस्तै अवस्था रहेको समयमा अर्को ठुलो राष्ट्र चीनको पनि प्रदर्शन खराब हुने आङ्कलन गर्न थालिएको छ। पछिल्ला वर्ष चीनमा निराशाको सिकार हुने धेरै छन्। चीनको बिग्रिएको आर्थिक अवस्था र युवामा बढ्दो निराशाको असर अन्य क्षेत्रमा जस्तै खेलकुदमा पनि देखिएको हो। सन् २०२१ मा जापानको टोकियोमा भएको ओलम्पिकको तुलनामा अहिले चीनको स्तर धेरै खस्किएको छ।

अष्ट्रेलियाले स्वर्ण पदक तथा अमेरिकाले कास्य पदक जित्ने अनुमान गरिएको छ। सोही ओलम्पिकमा चीनका सङ वाङले दुई सय मिटर व्यक्तिगत मेड्लीमा स्वर्ण पदक जिते पनि यस वर्ष विश्व च्याम्पियनसिपमा सो स्पर्धामा फ्रान्सका लियोन मार्चन्डले स्वर्ण तथा अमेरिकी कार्सटन फोस्टरले रजत पदक जित्ने अनुमान गरिएको छ।

टोकियो ओलम्पिकमा पौडीमा तीन स्वर्ण पदक जितेको चिनियाँ टोली गएको वर्ष एक स्वर्ण पदकमा सीमित भएको थियो। दुई सय मिटर फ्रिस्टाइलमा याङ जीङ जीयाङले स्वर्ण पदक जितेकी थिइन्। सोही वर्ष कमनवेल्थ खेलकुद पनि भएका कारण अष्ट्रेलियाका एरियन टिटमसले सहभागिता जनाएकी थिइनन्। अर्को साता जापानको फुकुवोमा आयोजना हुने वर्ल्ड एक्वेटिक्स अन्तरगतको पौडी स्पर्धामा चीनले कुनै पनि स्वर्ण पदक जित्न नसक्ने अनुमान गरिएको छ।

त्यसो त एथलेटिक्सको पनि विश्व च्याम्पियनसिपमा चीनले कुनै पनि स्वर्ण पदक जित्न कठिन हुनेछ। यस अगाडि थ्रोमा चीनले केही सफलता पाउने गरेको थियो। चीनले टोकियो ओलम्पिकमा पौडीको महिलातर्फको चार गुणा चार सय मिटर रिलेमा अप्रत्याशित रूपमा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेको थियो।

यो वर्ष सो विश्व कीर्तिमान भङ्ग गर्दै
अष्ट्रेलियाले स्वर्ण पदक तथा अमेरिकाले कास्य पदक जित्ने अनुमान गरिएको छ। सोही ओलम्पिकमा चीनका सङ वाङले दुई सय मिटर व्यक्तिगत मेड्लीमा स्वर्ण पदक जिते पनि यस वर्ष विश्व च्याम्पियनसिपमा सो स्पर्धामा फ्रान्सका लियोन मार्चन्डले स्वर्ण तथा अमेरिकी कार्सटन फोस्टरले रजत पदक जित्ने अनुमान गरिएको छ।

अगस्ट महिनामा नै विश्व ब्याडमिन्टन च्याम्पियनसिपको आयोजना हुँदैछ। विगतमा चीनले राम्रो प्रदर्शन गरेको ब्याडमिन्टन खेलमा आसन्न विश्व च्याम्पियनसिपमा राम्रो प्रदर्शनको सम्भावना कम छ। जुलाई महिनामा प्रकाशित वरीयतामा चीनका सी युकी पाँचौँ स्थानमा झरेका छन्।

विगतमा भन्दा चीनको अवस्था राम्रो भएको चार गुणा चार सय पुरुष मेड्लीमा हो। तथापि सो स्पर्धामा राम्रो बटर फ्लायरको अभावमा चीनले स्वर्ण पदक नै भने जित्न नसक्ने अनुमान धेरैको छ। अगस्ट महिनामा नै विश्व ब्याडमिन्टन च्याम्पियनसिपको आयोजना हुँदैछ। विगतमा चीनले राम्रो प्रदर्शन गरेको ब्याडमिन्टन खेलमा आसन्न विश्व च्याम्पियनसिपमा राम्रो प्रदर्शनको सम्भावना कम छ। जुलाई महिनामा प्रकाशित वरीयतामा चीनका सी युकी पाँचौँ स्थानमा झरेका छन्। सो स्पर्धामा डेनमार्कका भिक्टर एलेक्सन पहिलो ,इन्डोनेसियाका एन्थोनी सिइसुला दोस्रो, जापानका नाडाल कोरोका तेस्रो तथा थाइल्यान्डका कुलोन्ट भिडेसारन चौंथो स्थानमा छन्। महिलातर्फ ताइवानकी ताइ जु जीङ पहिलो स्थानमा छिन्। जापानकी अमाने यामागुची दोस्रो तथा थाइल्यान्डकी रातान्चुक इटान्टोन तेस्रो स्थानमा छन्। चिनिया खेलाडी युन युफाइ आठौँ स्थानमा छिन्।

यसैगरी पुरुष युगलमा इन्डोनेसियाको मार्कस फर्नान्डी डिलोन र केभिन सञ्जयको जोडी पहिलो स्थानमा छ। यसैगरी डेनमार्कको माथि यस बोय र कार्सटन मोगेसनसनको जोडी दोस्रो तथा चीनका ली जुन ची र लिउ युचेनको जोडी तेस्रो स्थानमा छ। चिनियाँ जोडी लु जुन हेइ र लिउ येनचेन तेस्रो स्थानमा छ। महिला युगलमा भने चीनको चेन क्वीचेन र जिया इफानको जोडी शीर्ष स्थानमा छ। मिश्रित युगलमा पनि चीनको झेन सिवाइ र टोन्टोइ अहमदको जोडी पहिलो स्थानमा छ। विगतमा ब्याडमिन्टनका प्रभाव राख्ने चीन विस्तारै ओरालो लाग्दै गएकोमा भने अस्वीकार गर्न सकिँदैन।

विगतमा प्रभाव रहेको सुटिङमा पनि पछिल्लो समय चीनको स्तर खस्कँदो छ। राइफलको पुरुष १० मिटरमा हंगेरीका जलान पकलर पहिलो, जर्मनीका म्याक्सीमिलियन उलब्रीच दोस्रो तथा जापानका नोया ओकाडा तेस्रो स्थानमा छन्।

महिलाको १० मिटर राइफलमा बेलायतकी सेनाल्ड म्याकन्टोस पहिलो, नर्वेका जेनट हड डोस्टेड दोस्रो तथा हंगेरीका नास्झर एस्जर तेस्रो स्थानमा छन्। महिलाको राइफल ५० मिटर थ्री पोजीसनमा जेनेट हड पहिलो तथा स्वीजरल्यान्डकी निना क्रिस्चियन दोस्रो स्थानमा छिन्।

शीर्ष १० मा कुनै चिनियाँ खेलाडी छैनन्। यसैगरी ५० मिटर थ्री पोजीसनमा चेक गणतन्त्रका जिरी प्रिभटास्की पहिलो तथा पेल्ट नुम्बीयास्की दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा हंगेरीका इस्भान पेभी छन्। सो स्पर्धाको पनि शीर्ष १० मा कुनै चिनियाँ खेलाडी छैनन्।

महिलाको १० मिटर राइफलमा बेलायतकी सेनाल्ड म्याकन्टोस पहिलो, नर्वेका जेनट हड डोस्टेड दोस्रो तथा हंगेरीका नास्झर एस्जर तेस्रो स्थानमा छन्। महिलाको राइफल ५० मिटर थ्री पोजीसनमा जेनेट हड पहिलो तथा स्वीजरल्यान्डकी निना क्रिस्चियन दोस्रो स्थानमा छिन्। यसैगरी, फ्रान्सकी जुडिथ गोमेज तेस्रो स्थानमा छिन्। सो स्पर्धामा पनि कुनै चिनियाँ खेलाडी शीर्ष १० मा अटाएका छैनन्।

पुरुषको १० मिटर एयर पिस्तोलमा सर्बीयाका डाकिर मिकेक पहिलो, इटालीका पाउलो मोना दोस्रो तथा जर्मनीका वाल्टर रोबीन तेस्रो स्थानमा छन्। सो स्पर्धाको शीर्ष १० मा कुनै चिनियाँ खेलाडी छैनन्। पुरुषकै २५ मिटर रेपिड फायर पेस्तोलमा फ्रान्सका क्लेमेन्ट बेसेगायट पहिलो स्थानमा छन्। सो स्पर्धामा भने चीनका ली योङ योङ दोस्रो स्थानमा छन्।

महिलाको १० मिटर एयर पेस्तोलमा ग्रीसर्क अन्ना कोराकाकी पहिलो तथा हंगेरीकी मेजर भेरोनीका दोस्रो स्थानमा छन्। यसैगरी, युक्रेनकी ओलेना क्रिस्टोभेच तेस्रो स्थानमा छन्। २५ मिटरमा जर्मनीकी भेनेक्याम्प डोरने पहिलो तथा हंगेरीकी भेरोनीका मेजर दोस्रो स्थानमा छन्। सो स्पर्धामा भने चीनकी फेङ सिजुङ तेस्रो स्थानमा छन्।

सटगनको पुरुष ट्याकमा बेलायतका कोवार्ड होली पहिलो तथा अस्ट्रियाका जेम्स विकेट दोस्रो स्थानमा छन्। इटालीका मासिमो फाब्रेजी तेस्रो स्थानमा छन्। सो स्पर्धाको शीर्ष १० मा कुनै चिनियाँ खेलाडी छैनन्।

चिनियाँ खेलकुदमा अबको दिनमा सायद सीमित खेलको मात्र प्रभाव रहनसक्ने छ। टेबल टेनिसमा स्वीडेन र जापान लगायत देशको प्रभाव विस्तारै बढ्दै छ भने भारोत्तोलनमा महिला स्पर्धामा मात्र चीन सीमित भएको छ।

पुरुष स्कीटमा इटालीका गाब्रेली रोसेटी पहिलो, डेनमार्कका जापर हान्सेन दोस्रो तथा इजिप्टका एन्जे मेहल्बा तेस्रो भए। सो स्पर्धाको शीर्ष १० मा पनि कुनै चिनियाँ खेलाडी छैनन्। महिलाको ट्र्यापमा अस्ट्रियाकी पेनी स्मिथ पहिलो तथा पोर्चुगलकी मारिया इनेस दोस्रो स्थानमा छिन्। सो स्पर्धामा स्पेनकी मोलाइन माग रिन तेस्रो स्थानमा छिन्। महिला स्किटमा भने चीनकी जीयाङ यीङ पहिलो स्थानमा छिन्।

चिनियाँ खेलकुदमा अबको दिनमा सायद सीमित खेलको मात्र प्रभाव रहनसक्ने छ। टेबल टेनिसमा स्वीडेन र जापान लगायत देशको प्रभाव विस्तारै बढ्दै छ भने भारोत्तोलनमा महिला स्पर्धामा मात्र चीन सीमित भएको छ।
संसारका खासै लोकप्रिय नभएका केही खेलमा प्रभाव जमाए पनि लोकप्रिय खेलमा चीनको अवस्था दिनदिनै कमजोर भएको छ। एथलेटिक्स, पौडी, सुटिङ र ब्याडमिन्टनमा खस्किएको चिनियाँ स्तरले सायद अबका दिन संसारको दोस्रो धेरै जनसङ्ख्या भएको देश खेलकुदमा पनि शक्तिको रूपमा नरहन सक्छ।

                                       स्रोतः वर्ल्ड एथलेटिक्स, स्वीमस्वाम, आइएसएसएफ र वर्ल्ड ब्याडमिन्टन

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ७ : ०७ बजे

विद्युतको पोल पुग्यो, बलेन बत्ती

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युतका तार

एक्सन फिल्मले गर्लान् त रजगज ?

काठमाडौँ- बलिउड फिल्मलाई दक्षिण भारतीय फिल्महरूले छायाँमा पारेका छन् ।

आफ्नै कलहले थला परे प्रतिपक्ष, सदनमा कसले गर्ला सरकारलाई खबरदारी ?

काठमाडौँ- प्रतिनिधि सभामा कायम कुल २७५ सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी

भोजपुर गोल्डकप : एपीएफ र भोजपुर सेमिफाइनलमा

भोजपुर– भोजपुर गोल्डकपअन्तर्गत सोमबार भएका दुई खेलमा एपीएफ र आयोजक

वीरगञ्ज भन्सारबाट नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को नौ महिनामा