बहराइनको कोमामा रहेका चौधरीको उद्धार | Khabarhub Khabarhub

बहराइनको कोमामा रहेका चौधरीको उद्धार


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

दोहा : बहराइनको कोमामा रहेका एक नेपालीको उद्धार गरी नेपाल पठाइएको छ । सुनसरी जिल्ला घर भई बहराइनमा कार्यरत रहेका दिनेश कुमार चौधरी १७ मार्चदेखि त्यहाँको किङ हमाद युनिभर्सिटी हस्पिटलमा उपचाररत रहेका थिए ।

चौधरी लामो समयदेखि कोमामा रहेकाले उनलाई सम्बन्धित डाक्टरको सल्लाह तथा परिवारजनको चाहना र वैदेशिक रोजगार बोर्ड सचिवालयको सहयोगमा शुक्रबार कुवेत एयरवेजको उडान मार्फत बहराइनबाट नेपाल पठाइएको हो ।

उनको साथमा उक्त हस्पिटलका तर्फबाट मेडिकल इस्कोर्टिङ स्पेसलिस्ट अब्दुल्लाह आमिर साथमा नेपाल पठाइएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । नेपालमा बोर्डमार्फत वीर अस्पतालमा थप उपचारको व्यवस्था मिलाइएको छ ।

उनको उपचारमा र उद्धारमा सहयोगका लागि किङ हमाद युनिभर्सिटी हस्पिटलका डाक्टर नर्स तथा नेपाली समुदायका प्रतिनिधि लगायत सम्बन्धित सबैमा दूतावासले हार्दिक धन्यवाद पनि व्यक्त गरेको छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ७ : ४८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’