मेरो पहिलो प्रेम साहित्य | Khabarhub Khabarhub

मेरो पहिलो प्रेम साहित्य


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

आजको प्रविधिमा साहित्यकारको पहुँचसमेत कम छैन। कर्म प्राविधिक क्षेत्रको भए पनि सिर्जनात्मकताले छोडेको छैन। जसको नेपालको सफ्टवेर विकासमा उल्लेखनीय योगदान छ। एउटै व्यक्तिको परिचय सफ्टवेयर विकाससँगै पहिलो एनिमेटर, निर्देशक हुँदै गीत तथा गजरकारसम्म पुग्छ। विविध विधाका धनी व्यक्ति करुण धापासँग प्रभा थापाले गरेको साहित्यिक कुरकानी:

दैनिकी कसरी चल्दै छ, साहित्यमा सुरुमा कसरी लाग्नुभयो ?
सफ्टवेयरको कम्पनी छ। त्यसमा नै दिन बित्दै छ। मेरो पहिलो प्रेम साहित्य नै हो। यसलाई मैले लामो समयदेखि समय दिँदै आएको छु। विद्यालय पढ्दा विद्यालयमै साहित्यबाट नाम कमाएँ। मलाई शिक्षकले साहित्यमा भविष्य खासै छैन भनेपछि मैले कम्प्युटर पढेँ। साहित्य आफै लेख्थे र राख्थे। पछि आफूले लेखेको साहित्य टाइपिङ गरेर राखौँ भनेर नेपालमा पहिलो पटक नेपाली टाइपिङ बनाएको हो। तर त्यसले नयाँ तरङ्ग पैदा गर्यो। मेरो नेपाली जुन मैले बनाएँ। त्यो निर्वाचन आयोगको पहिलो मतदाता नामावली, संविधान र राजदरबारबाट निस्कने पत्रहरु सबै मेरो त्यही टाइपिङबाट निस्किन्थे।

अहिले साहित्यतर्फको व्यावसायिकताको पाटो कस्तो छ ?
अहिले राम्रो छ। अहिलेको जमाना भनेको नै आइटीको हो। हरेक कुराको फर्महरू पनि आइटीबाट नै भर्ने प्रचलन आइसकेको छ। हामी अगाडि बढ्दै छौँ।

अहिलेको विज्ञापनलाई कसरी हेर्नुभएको छ ?
नेपाल विज्ञापन संघ छ। भास्कर राज कर्णिकार सुरुमा त्यसको अध्यक्ष हुनुहुन्थ्यो। उहाँको पालादेखि नै म हरेक वर्ष कृति अवार्डको जुरीमा छु। त्यसको पछाडिको कारण भनेको मैले ४८ सालदेखि नै एनिमेसन नेपालमा पहिलो पटक सुरु गरेँ। त्यसमा पहिला नेपाल टेलिभिजनको लोगो बनाएँ। अन्य धेरै विज्ञापन हामीले बनायौँ। अहिले एनिमेसनमा पनि धेरै कुराहरू बनिसकेका छन्।

अहिले प्रविधि धेरै छ। तर विज्ञापनमा सिर्जनशीलता कम भयो कि भन्ने छ। त्यसमा कत्तिको सहमत हुनुहुन्छ ?
सिर्जनशीलता राम्रो भएको छ। अहिलेको प्रविधिले सिर्जनशीलतामा थप नयाँ ऊर्जा दिएको छ। जसले गर्दा अझै निखार ल्याउन प्रविधिले मद्दत गरेको छ। पहिला विज्ञापनले दिल छुने हुन्थ्यो। तर अहिले बाहिरी रूप स्वरुप राम्रो तर मन नछुने भयो।

अहिले तपाईंको साहित्य क्षेत्र कस्तो हुँदैछ ?
पहिला स्कुल लेबलमा हातले लेखेर लिफोमा प्रिन्ट गरेर ५० कपी पत्रिका बनाएर स्कुल भरी नै बाँड्थ्यौँ। त्यसैले साहित्यमा धेरै ठुलो रुचि थियो। कक्षा ७ मा मेरो पहिलो कविता छापियो। कक्षा ८ र ९ मा पढ्दा भञ्ज्याड, रश्मि नामक पत्रिका सम्पादन गर्न थालेँ। विस्तारै गजल र गीत लेख्न थालेँ। १० कक्षामा पढ्दा रेडियो नेपालमा गएर ४० वटा गीत पास भएका थिए। त्यसपछि कविता, निबन्ध, उपन्यास, मुक्तक धेरै किताबहरू स्कुलमा नै बनाइसकेको थिएँ। प्रिन्ट गर्न पाएको थिएन। स्कुल छोडेपछि पनि सबै जता पिपल बोटमा भेट भए साहित्य सिर्जना साटासाट गर्दथ्यौं। पछि कम्प्युटर पढ्न थालेँ। मेरो समय धेरै कम्प्युटर व्यवसायमा दिएँ। पछि चलचित्रमा आएँ र रिल काट्ने पुरानो प्रविधि त्यसलाई परिवर्तन गरेर डिजिटल युगमा ल्याएँ।

२०५२ सालमा चलचित्र सगुनका लागि पहिलो गीत लेखेँ। चलचित्रमा लेखेका तीन वटा गीतहरू थिए। मेरा ‘आगो लाग्यो दिलैमा दमकल बोलाइदेऊ’, ‘बतासैले गर्नुगर्यो’ र ‘पलपल दिन दिन’ भन्ने गीत एउटै चलचित्रमा लेखेको थिएँ। त्यसमा पनि आगो लाग्यो दिलैमा भन्ने धेरै चल्यो। मैले गजल पनि लेख्थे तर कुनै बाहिर आएका छैनन्। त्यो सबै रहरमा मैले चलचित्रका गीत लेखेँ।

अहिले धेरैले रुचाएको गीत ‘बादल वर्षा बिजुली’ भन्ने त्यो मैले १८ वा १९ वर्ष अगाडि चलचित्र कर्तव्यका लागि लेखेको हुँ। पछिल्लो समय म गजलमा सक्रिय भएँ। नेपाल एकेडेमीले पनि पुराना गजलकार १० जना भनेर मलाईसमेत समेटेको छ।

अहिलेका युवाहरूले नयाँ कुरा मन पराउँछन्। त्यसमा पाठकको रुचि नबुझी साहित्यकारले लेखे भन्ने छ नि ?
यो लेखकको विधामा फरक पर्छ। कवितामा अमृत कविता पनि लेखिन्छ। ईश्वर वल्लभका कवितामा अमूर्त हुन्छन्। अहिले कसैले रोमान्टिक मन पराउँछन्। कसैले व्याङ्ग्य र सरकारलाई गाली गरेको मन पराउँछन्। त्यसैले पाठकले धेरै कुरा फरकफरक मन पराउँछन्। पछिल्लो समय गजल धेरै फस्टाएको छ। जहाँ पनि यो फस्टाएको छ। पहिला हामी यो पुगेन, त्यो पुगेन भन्थ्यौँ। ती सबै कुरा पुगेर पनि अहिले हामी धेरै अगाडि बढेका छौँ र त्यसको भाव र संरचनात्मक कुरामा हामी धेरै अगाडि छौँ। त्यसैले दर्शकले के खोजेको र के आएन भन्ने छ। गीतमा पनि अहिले धेरै थरीका गीतहरू आएका छन्। अहिले अचम्मका गीत मान्छेले रुचाएका छन्। त्यसैले नयाँ केही आयो भने त्यो मान्छेले रुचाउने रहेछन्। त्यसैले गजलमा पनि लोकल हाम्रो माटोको सुगन्ध आउने खालका ल्याउनु पर्ने देखिन्छ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ८ : ३९ बजे

‘नेतृत्व सचेत नभए अब सिस्टमबाहिरबाट नेतृत्व आउँछ’

हुन त अहिले हामीसँग संविधान छ, सरकार छ । हामी

कोदोखेतीले धानेको खोरियागाउँ

सिरहा– मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ

तपाईंलाई थाहा छ, कुन कपडा तातोपानीले धुनु हुँदैन ?

‍काठमाडौं– मौसम परिवर्तनसँगै जाडोयाम भित्रिसकेको छ। जाडोयाम छिप्पिँदै जाँदा पानी

ईशनाथ नगरपालिका –१ का वडाध्यक्ष साहको निधन

चन्द्रपुर– मिर्गौलापीडित ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा

छुर्पीको गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने

काठमाडौं– छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान