जब इजरायलका डाक्टरले छुट्टिएको टाउकोलाई पुनः जोडेर चमात्कार गरे ! « Khabarhub

जब इजरायलका डाक्टरले छुट्टिएको टाउकोलाई पुनः जोडेर चमात्कार गरे !


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

जेरूसलम : डाक्टरहरूलाई भगवानको अर्को रूप यसै भनिएको होइन । कहिलेकाहीँ डाक्टरहरूले यस्तो चमत्कार गर्छन् कि विश्वास गर्न गाह्रो हुन्छ। यस्तै एउटा घटना इजरायलमा देखिएको छ, जहाँ डाक्टरहरूले १२ वर्षको केटाको टाउको घाँटीमा सफलतापूर्वक जोडेका छन्।

द टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार सुलेमान हसन नामका १२ वर्षीय बालक दुर्घटनाको शिकार भएका थिए। जसमा बालकको टाउको घाँटीबाट अलग भएको थियो । मोटरसाइकलमा सवार बालकलाई कारले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो, जसमा उनी गम्भीर घाइते भएका थिए ।

बालकको अवस्था नाजुक देखेर उनलाई हेलिकप्टरबाट हदासाह मेडिकल सेन्टरमा लगिएको थियो, जहाँ उनलाई आकस्मिक शल्यक्रियाका लागि पठाइएको थियो।

डाक्टरका अनुसार उनको टाउको घाँटीको फेदबाट लगभग पुरै काटिएको थियो। बच्चाको शल्यक्रिया टोलीमा रहेका अर्थोपेडिक सर्जन डा. ओहाद इनभले टाइम्स अफ इजरायललाई भने कि यो एकदमै जटिल शल्यक्रिया थियो।

यसमा हामी सफल हुन सक्छौं कि सक्दैनौं भन्ने हामीलाई पूर्णतया कल्पनासमेत थिएन। तर हामीले हार मानेनौं, यो जटिल शल्यक्रिया गर्नका लागि धेरै घण्टा लाग्यो। तर अहिले नतिजा देखेपछि पुरै टिम निकै खुसी छ ।

रिपोर्टका अनुसार यो घटना गत महिना अर्थात् जुनमा भएको थियो तर डाक्टरहरूले जुलाईसम्म यो घटना सार्वजनिक गरेका थिएनन् ।

शल्य चिकित्सकहरूले पनि केटाको बाँच्ने सम्भावना कम भएकाले उनको निको हुनु कुनै चमत्कार भन्दा कम नभएको विश्वास गर्छन्।

प्रतिवेदन अनुसार दुर्घटनामा परेका बालक अहिले उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । तर, अस्पतालले बच्चाको निको हुनेबारे अनुगमन जारी भने राखिरहेका छन् ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ८ : ४२ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार