नेपालमा सिनेमा बनाउने उद्देश्यले सरकारले शाही नेपाल चलचित्र संस्थान स्थापना गरेपछि बनेका केही फिल्मको सफलताबाट २०३९ सालबाट निजी क्षेत्रमा चलचित्र बनाउने लहर चल्यो। त्यो लहरमा जुनी, कान्छी, आदर्श नारी फिल्म घोषणा भएर प्रदर्शन भए। तर यो भन्दा अगाडि पनि नवीन केसीको ‘कहीँ दियो कहीँ बत्ती’ भन्ने फिल्म बन्दा बन्दै अड्कियो। त्यसै गरी सूर्यकान्त शर्माको लाहुरे फिल्म घोषणा भयो तर बन्न सकेन।
जुनी, कान्छी, आदर्श नारी यी तीन चलचित्रको प्रदर्शनपछि भारतको निजी क्षेत्रबाट पनि फिल्म बनाउन पहल भयो। नेपालबाट मनकामना फिल्मस् नामको नयाँ ब्यानरको स्थापना भयो। त्यसले नयाँ निर्देशक निर शाहलाई लिएर ध्रुबचन्द्र गौतमको उपन्यासमा ‘बासुदेव’ फिल्म बनाउने घोषणा गर्यो।
नेपालमा सिनेमा बनाउने उद्देश्यले सरकारले शाही नेपाल चलचित्र संस्थान स्थापना गरेपछि बनेका केही फिल्मको सफलताबाट २०३९ सालबाट निजी क्षेत्रमा चलचित्र बनाउने लहर चल्यो।
बासुदेव नेपालमा बनेका साहित्यिक कृतिमा आधारित फिल्ममध्ये एक उत्कृष्ट फिल्म हो भन्दा आपत्ति नहोला। यो फिल्मका लागि मनकामना फिल्मसको ब्यानरमा उद्योगपति विनोद चौधरी र पत्नी निर्माता बने। निर्देशकका रूपमा निर शाह जो एक प्रसिद्ध अभिनेता, गीतकार र चलचित्र निर्माण संस्थाका प्रशासक थिए।
यो फिल्ममा शाहले क्यामेरा म्यानका रूपमा भारतीय फिल्म र टेलिभिजन संस्थान इन्डियाबाट सिनेम्याटोग्राफीमा डिप्लोमा गरेर आएका सिनेम्याटोग्राफर प्रेम उपाध्यायलाई क्यामेरा म्यानको रूपमा चयन गरेका थिए। यो फिल्म ठुलो लागतमा बन्दै गएको भए पनि प्रविधिको रूपमा १६ मिलिमिटरको क्यामेरामा खिचेर ३५ मिलिमिटरमा ‘डेभलप’ गरेर देखाइने प्रोजेक्टको फिल्म थियो।
किताबकै रूपमा ध्रुबचन्द्र गौतमको ‘कट्टेल सरको चोटपटक’ निकै प्रसिद्ध भइसकेको थियो। यही किताबमाथि फिल्म बनाउनु एउटा चुनौती थियो। किनकी दर्शकले उपन्यासमा कल्पना गरेका पात्रले चलचित्रमा हुबहु हेर्न खोज्छन्। निर्देशकले त्यो परिकल्पना पुरा गर्न सक्छन् कि सक्दैन भन्ने हुन्थ्यो तर निर शाहले यसलाई गम्भीर रूपमा बहन गरेर सहज रूपमा पार गरे। यो फिल्मको कथालाई पटकथामा रूपान्तरण गर्न शाहले नाट्यकर्मी मुकुन्द श्रेष्ठ र लेखक ध्रुबचन्द्र गौतमको सहयोगले पुरा गरे।
बासुदेव नेपालमा बनेका साहित्यिक कृतिमा आधारित फिल्ममध्ये एक उत्कृष्ट फिल्म हो भन्दा आपत्ति नहोला। यो फिल्मका लागि मनकामना फिल्मसको ब्यानरमा उद्योगपति विनोद चौधरी र पत्नी निर्माता बने। निर्देशकका रूपमा निर शाह जो एक प्रसिद्ध अभिनेता, गीतकार र चलचित्र निर्माण संस्थाका प्रशासक थिए।
चलचित्र निर्माण गर्ने भइसकेपछि यसको प्रमुख पात्र बासुदेव कट्टेलको भूमिकामा रङ्गमञ्चका दीपाधार एक कृति स्तम्भ हरिहर शर्मालाई चयन गरियो। नायकका रूपमा कृष्ण मल्ल र नायिकाका रूपमा शर्मिला मल्लको चयन भयो।
हरिहर शर्माको अन्य समर्थन कलाकारमा चन्द्र माला शर्मा, शकुन्तला शर्मा, हरिवंश आचार्य, मदन कृष्ण श्रेष्ठ लगायतका कलाकारको चयन भयो। अर्को महत्त्वपूर्ण पात्रको भूमिका निर शाह र श्रीमतीको भूमिका सुभद्रा अधिकारीले भूमिका निर्वाह गर्ने निश्चित भयो।
बासुदेव फिल्म त्यो समयमा नेपाली सिनेमाको निम्ति ‘हाडेओखर’ नै थियो। भारतमा भरखर सुरु भएको सार्थक सिनेमाको आन्दोलन फ्रान्समा १९५५ मा सुरु भएको नोभेला भेगको प्रभावले भारतमा मणि कौल, पुमार सहानी, श्याम बेनेगल, गोविन्द निहलानी जस्ता फिल्म निर्देशकले नयाँ धार अपनाएका थिए।
बासुदेवको निर्माणमा निर शाहमा निर्देशकको व्यक्तित्व हाबी भयो। गीतकारका रूपमा पनि आफै रहे। एक कुशल गीतकार भएर पनि अर्को गीतका लागि शाहले महाकवि लक्ष्मीप्रसाद देवकोटाको यात्री कवितालाई गीतको रूपमा चयन गरे।
चलचित्र निर्माण गर्ने भइसकेपछि यसको प्रमुख पात्र बासुदेव कट्टेलको भूमिकामा रङ्गमञ्चका दीपाधार एक कृति स्तम्भ हरिहर शर्मालाई चयन गरियो। नायकका रूपमा कृष्ण मल्ल र नायिकाका रूपमा शर्मिला मल्लको चयन भयो।
यस फिल्मका लागि त्यो बेलाका चर्चित सङ्गीतकार रञ्जित गजमेर चयन भए। गजमेरले यो भन्दा अगाडि र पछाडि गरेका फिल्मको भन्दा फरक सङ्गीत चयन गरे। यसमा गजमेरले देवकोटाको ‘कुन मन्दिरमा जान्छौँ यात्री’ लाई सबलता पूर्वक सङ्गीत गरेर चलचित्रमा पहिलो पटक गाउन लागेका गायक रोविन शर्मालाई प्रस्तुत गरे। अन्य गीतमा उदित नारायण झा र दिपा गहतराजलाई प्रस्तुत गरे।
यो फिल्ममा एउटा हास्य गीत पनि प्रयोग भएको छ। यसका लागि आफ्नी छोरी भारती गजमेर र निर शाहलाई गाउन लगाए। यो गीत हरिवंश आचार्य र चन्द माला शर्मामाथि छायांकन गरियो। यो फिल्म गीत र संवादको कारणले चर्चामा आयो। यो फिल्मको प्रदर्शनपछि राम्रो चर्चा भयो। तर यसमा एक किसिमले अन्याय भएको पात्रका रूपमा प्रेम अर्थात् निर शाहको नायक पात्र कृष्णमाथि भएको कुरा फिल्म समीक्षकले चर्चा गरेका छन्। यसमा हरिहर शर्माले गरेको अभिनयको वर्षसम्म पनि छाप रह्यो। रुद्रराज पाण्डेले पनि यसमा शालिनता पूर्वक अभिनय गरेका छन्।
प्रकाश थापाद्वारा निर्देशित सिन्दुरमा शर्माले सुब्बा साहेबको अभिनय गरेका थिए। यो फिल्ममा निर्देशक, निर साह र चलचित्रको प्रमुख पात्र हरिहर शर्माको संवादको विस्तार कार्य व्यापार स्पष्ट देखिन्थ्यो। शर्मा अभिनय गर्ने क्रममा कुनै पात्रसँगको द्वन्द्वमा पनि पछि परेको देखिँदैन। तर कतै उनकै समकालीन अभिनेता जितेन्द्र महत अभिलाषीसँग गरेको अभिनयमा हरिहर शर्मा बराबरी जस्तो देखिन्थे। यो चलचित्रको विशेषता नै कलाकारको एक आपसमा प्रतिस्पर्धा र द्वन्द्व नै लोकप्रिय मानियो।
यस फिल्मका लागि त्यो बेलाका चर्चित सङ्गीतकार रञ्जित गजमेर चयन भए। गजमेरले यो भन्दा अगाडि र पछाडि गरेका फिल्मको भन्दा फरक सङ्गीत चयन गरे। यसमा गजमेरले देवकोटाको ‘कुन मन्दिरमा जान्छौँ यात्री’ लाई सबलता पूर्वक सङ्गीत गरेर चलचित्रमा पहिलो पटक गाउन लागेका गायक रोविन शर्मालाई प्रस्तुत गरे।
यसमा मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको भूमिकाले फिल्मको व्यवसायिक पक्षलाई बलियो बनाउन र अनुभव प्रख्यातिले चिनिएका यी दुई कलाकारको नामबाट एउटा ट्याग बन्ने कारण पनि यो फिल्ममा यिनको सफलता पूर्वक भूमिका रहेको पाइयो। यो चलचित्रको छयांकन काठमाडौं उपत्यकामा, कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको परिसरमा र सिंहदरबारको बाटो र मोटर वर्कसपमा गरिएको थियो। त्यति बेलाका चलचित्रमा यस्तो छयांकन रोचक पक्ष थियो।
प्रेम उपाध्याय जस्तो कुशल सिनेम्याटोग्राफरको कारणले केही दृश्य बाहिरको लाइटिङ र इनडोरको लाइटिङको सुमधुर म्याच भएको देखिन्थ्यो। तर काहीँ काहीँ फिल्म ओभरएक्पोज भएको पनि पाइन्थ्यो। यो फिल्ममा केही नयाँ कलाकारले पनि मौका पाएका थिए। फिल्ममा मुख्य सहायक निर्देशकका रूपमा काम गरेका श्याम राई र मिना गुरुङ पहिलो पटक पर्दामा आइरहेका थिए भने जयसिह शाह, रोशन कुँवर पनि पहिलो पटक पर्दामा परेका थिए।
प्रेम उपाध्याय जस्तो कुशल सिनेम्याटोग्राफरको कारणले केही दृश्य बाहिरको लाइटिङ र इनडोरको लाइटिङको सुमधुर म्याच भएको देखिन्थ्यो। तर काहीँ काहीँ फिल्म ओभरएक्पोज भएको पनि पाइन्थ्यो।
बासुदेव नेपाली चलचित्रको इतिहासमा महत्त्वपूर्ण फिल्म हो। फिल्म बनिसकेपछि लेखक ध्रुबचन्द्र गौतमले कतै असन्तुष्टि गरेको पाइएन। वा एक लेखकका रूपमा चलचित्र बने पनि खुसी भएका कम लेखकमध्ये गौतम एक हुन्। उनी बधाईका पात्र पनि हुन। उनले फिल्ममा हरिहर शर्माले प्रयोग गरेको कोटको बारेमा पनि लेखेका छन्।
यो चलचित्र बनी सकेपछि व्यवसायिक लाभ धेरै भएन तर यसको आकर्षक पक्ष भनेको यसको पोस्टर र प्रदर्शनको समय चर्चाको विषय बन्यो। हिन्दी फिल्मको पोस्टर जस्तै आकर्षक देखिन्थ्यो। नेपालको ठुलो उद्योगपतिको परिवारले लगानी गरेको यो फिल्म बनिसकेपछि अरु कुनै पनि फिल्म निर्माताका रूपमा उनीहरु दौडिएनन्। बासुदेवलाई सम्झिँदा नेपाली फिल्मको इतिहासमा यस्ता फिल्म फेरि पनि बन्नुपर्छ र बन्छ भन्ने हामी आशा गर्न सक्छौँ।
प्रतिक्रिया