बलिउडका चर्चित अभिनेता महाजनीको निधन « Khabarhub

बलिउडका चर्चित अभिनेता महाजनीको निधन


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


26.1k
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडका चर्चित अभिनेता रविन्द्र महाजनीको निधन भएको छ । ७७ वर्षीय महाजनी उनी बस्दै आएको फ्ल्याटमा मृत फेला परेका हुन् । घरबाट दुर्गन्ध आएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले फ्ल्याटको ढोका खोल्दा रविन्द्र मृत अवस्थामा भेटिएका थिए। 

रवीन्द्रको मृत्यु दुई-तीन दिन अघि भएको हुनसक्ने प्रहरीको अनुमान छ । यसबारे महाजनीका आफन्तलाई जानकारी गराइएको छ । रविन्द्रले हिन्दी सिनेमासँगै मराठी फिल्ममा पनि काम गरेका थिए ।

उनलाई मराठी फिल्म उद्योगका विनोद खन्ना पनि भनिन्छ। किनभने उनको व्यक्तित्व र लुक्स दुवै विनोद खन्नासँग मिल्दोजुल्दो थियो । अभिनयका साथसाथै रविन्द्रले धेरै मराठी फिल्मको निर्देशन पनि गरेका थिए।

अमिताभ बच्चन स्टारर सात हिन्दुस्तानीमा रविन्द्र महाजनीले प्रहरी निरीक्षकको भूमिका निभाएका थिए । यो उनको पहिलो बलिउड फिल्म थियो । त्यसपछि उनले मराठी फिल्म आराम हराम आहे, दुनिया करी सलाम, हल्दी कुंकुमा अभिनय गरे। 

यस बाहेक उनले मुम्बई चा फौजदार  झुंज, कलात नकालत मा काम गरेका थिए । उनको फिल्म  ‘लक्ष्मीची पावले’ ब्लकबस्टर भएको थियो ।  सन् २०१५ मा उनले फिल्म ‘के राव तुम्ही’ बाट कमब्याक गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  १२ : ४४ बजे

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ