बलिउडका चर्चित अभिनेता महाजनीको निधन | Khabarhub Khabarhub

बलिउडका चर्चित अभिनेता महाजनीको निधन


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


26.1k
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडका चर्चित अभिनेता रविन्द्र महाजनीको निधन भएको छ । ७७ वर्षीय महाजनी उनी बस्दै आएको फ्ल्याटमा मृत फेला परेका हुन् । घरबाट दुर्गन्ध आएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले फ्ल्याटको ढोका खोल्दा रविन्द्र मृत अवस्थामा भेटिएका थिए। 

रवीन्द्रको मृत्यु दुई-तीन दिन अघि भएको हुनसक्ने प्रहरीको अनुमान छ । यसबारे महाजनीका आफन्तलाई जानकारी गराइएको छ । रविन्द्रले हिन्दी सिनेमासँगै मराठी फिल्ममा पनि काम गरेका थिए ।

उनलाई मराठी फिल्म उद्योगका विनोद खन्ना पनि भनिन्छ। किनभने उनको व्यक्तित्व र लुक्स दुवै विनोद खन्नासँग मिल्दोजुल्दो थियो । अभिनयका साथसाथै रविन्द्रले धेरै मराठी फिल्मको निर्देशन पनि गरेका थिए।

अमिताभ बच्चन स्टारर सात हिन्दुस्तानीमा रविन्द्र महाजनीले प्रहरी निरीक्षकको भूमिका निभाएका थिए । यो उनको पहिलो बलिउड फिल्म थियो । त्यसपछि उनले मराठी फिल्म आराम हराम आहे, दुनिया करी सलाम, हल्दी कुंकुमा अभिनय गरे। 

यस बाहेक उनले मुम्बई चा फौजदार  झुंज, कलात नकालत मा काम गरेका थिए । उनको फिल्म  ‘लक्ष्मीची पावले’ ब्लकबस्टर भएको थियो ।  सन् २०१५ मा उनले फिल्म ‘के राव तुम्ही’ बाट कमब्याक गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  १२ : ४४ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न