तीन वटा ट्रक प्रहरीको नियन्त्रणमा « Khabarhub

तीन वटा ट्रक प्रहरीको नियन्त्रणमा


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बिलविजकमा उल्लेख भए भन्दा बढि सामान भएको तीन वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको विरगंज उपमहानगरपालिका १४ स्थित चण्डाल चोकबाट हिजो सशस्त्र प्रहरीले करिब १ करोड ३६ लाख ९७ हजार रुपैयाँ बराबरको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा खटिएको नम्बर १३ गण पर्साले  विरगंजबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र ०३–१३–००१ ख १९९७, ना. ६ ख ४४४६, ना. ७ ख २३३५ नम्बरको ट्रकमा जाँच गर्दा बिल बिजकमा उल्लेखित मूल्य भन्दा बढि सामान देखिएपछि नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ट्रकहरूमा किसमिस, भटमास, पिल्लो, नेटकटन लगायतका सामानहरू रहेका छन् । 

नियन्त्रणमा लिइएका तीन वटै ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  १ : १५ बजे

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा