'सरकारको ध्यान आर्थिक समृद्धिको कार्यभार पूरा गर्न केन्द्रित छ' | Khabarhub Khabarhub

‘सरकारको ध्यान आर्थिक समृद्धिको कार्यभार पूरा गर्न केन्द्रित छ’


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सम्पूर्ण ध्यान आर्थिक समृद्धिको कार्यभार पूरा गर्न केन्द्रित रहेको बताएका छन्। नेपालमा उत्पादित पशुआहार (हाइलेज) पहिलो पटक चीन निर्यात गर्न आज यहाँ आयोजित कार्यक्रममा उनले कृषि उत्पादन बढाएर निर्यात गर्दा व्यापार घाटा कम गर्न सकिने बताए।

उपप्रधानमन्त्री श्रेष्ठले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो मूल सत्रका रुपमा लिएर यसको आधारमा कामलाई अघि बढाएको बताए । उनले भने, “ समृद्धिको कार्यभार पूरा गर्नका निम्ति हामीले हाम्रो देशको व्यापार घाटालाई कम गर्ने र त्यसका निम्ति आयात प्रतिस्थापन गरेर निर्याततर्फ काम गर्नुपर्छ ।”

पशु आहार चीन पठाउने कामको आरम्भ भएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले नयाँ सम्भावनको खोजी गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘हामीले यथास्थितिमा बसिरहेर हुँदैन । विकासको काम गर्दै व्यापार घाटा कम गर्न भाषण गरेर समस्याको समाधान हुँदैन ।’ भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसँगै सुशासन कायम गर्नुपर्नेमा उनको जोड थियो । व्यापार घाटा कम गर्ने र सफल रुपमा देशलाई विकास र समृद्धिको दिशामा फड्को मार्ने तिर लान जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । 

उनले भने, ‘यसमा अगाडि बढ्ने क्रममा पशुआहार निर्यातको प्रक्रिया सुरु गरेका छौँ । यो एउटा राम्रो अवसर हो ।’ सरकारका तर्फबाट गर्नुपर्ने अन्य सहयोगका लागि सधैँ तयार रहेको उनको भनाइ थियो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले कृषि उत्पादनलाई बढाएर निर्यात गर्न सकेमा देशको अर्थतन्त्र बलियो बन्ने बताए। उनले भने, ‘कृषि उत्पादन बढाउन सकेमा देशको अर्थतन्त्र बलियो हुन्छ ।’ नेपालमा घाँस उत्पादन गरेर चीन निर्यात गर्न सफल भएको भन्दै उनले बाँझो जमिनमा घाँस उत्पादन  गर्न सकिने बताए।

नेपाली कृषिजन्य उत्पादन बढाएर निर्यातका लागि विभिन्न अवसरको खोजी गर्नुपर्ने उनको भनाइ थियो । सन् २००१ मै नेपाल र चीनबीच कृषिमा सहयोग आदानप्रदान गर्ने विषयमा सम्झौता भएको स्मरण गर्दै उनले त्यसयताका दिनमा सहयोग आदानप्रदान हुँदै आएको बताए। यहाँ उत्पादित पशुआहारलाई चीन पठाउने विषयमा सन् २०२२ मै सम्झौता भएको उनले स्मरण गराए। चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको भन्दै मन्त्री भुसालले आगामी दिनमा अझ सुमधुर हुँदै जाने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल र चीनबीचको सम्बन्ध निकै पुरानो भएको भन्दै आजदेखि चीन नेपालबाट पशु आहार जान सुरु गरेकामा खुसी प्रकट गरे । गुणस्तरीय उत्पादनमा जोड दिँदै उनले चिनियाँ बजार ठूलो भएकाले उत्पादन बढाउन सुझाव दिए । दुई देशबीचको व्यापारिक सम्बन्ध पनि निकै राम्रो भएको उनको भनाइ छ ।

सो अवसरमा उद्योग सचिव मधु मरासिनीले नेपालमा ६२ प्रतिशत कृषिमा निर्भर रहेको उल्लेख गर्दै नयाँ प्रविधि भित्र्याएर उत्पादन बढाई निर्यातमा लाग्नुपर्नेमा जोड दिए। उनले यो पेसालाई व्यावसायिक बनाएर अघि बढाउनुपर्ने बताए।

कार्यक्रममा चीनको सिगात्से सहरका उपप्रमुख लिउ हउ झोङले भरतपुर महानगरसँग यसअघि नै भगिनी सम्बन्ध कायम भएको जिकिर गर्दै यहाँबाट पशुआहार लैजान सुरु गरिएकामा खुसी व्यक्त गरे । 

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले यहाँ उत्पादित पशुआहार चीनको सिगात्से पठाउन पाएकामा महानगरले गर्व गरेको बताए । आउँदा दिनमा गुणस्तरीय र ठूलो परिणाममा पशु आहार पठाउन सकिने उनको विश्वास थियो ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ३ : १४ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन