पत्रकारलाई ज्यान मार्ने धम्की दिएकोप्रति महासंघको आपत्ति « Khabarhub

पत्रकारलाई ज्यान मार्ने धम्की दिएकोप्रति महासंघको आपत्ति


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकार रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ध्यानाकर्षण गराएको छ। 

पत्रकार महासंघ ललितपुर शाखाका सदस्यसमेत रहेका पौडेललाई शुक्रबार  टेलफोनमार्फत फोन गरेर ज्यान मार्ने धम्की दिएको भन्दै दादागिरी गरेको ललितपुर शाखाले विज्ञप्तिमार्फत जनाएको छ। 

समाचारको विषयलाई लिएर प्रसाईंले टेलिफोनमार्फत फोन गरी धम्की नदिएकोले महासंघले जनाएको हो। ९८०१०५२२२२ नम्बरबाट फोन गरेर पत्रकार पौडेललाई धम्की दिएको महासंघका सचिव रामहरि कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘भाइ तिमीले मेरो बारेमा धेरै समाचार बनायौ, तिमीले मलाई चिनेका छैनौँ, मसँग निहुँ खोज्नेलाई बाँकी राख्दिनँ, धेरैलाई मैले सिध्याएको छु, मलाई कसैले पनि जित्न सक्दैनन्, बुझ्यौ भाइ, मेरा पछाडि हजारौं मान्छे छन्, भाइ तिम्रो सुरक्षा कसले गर्न सक्छ?’

समाचारमाथि चित्त नबुझे कानुनी कारबाहीमा जाने बाटो हुँदाहुँदै प्रसाईंले ज्यान मार्ने धम्की दिने शक्ति कहाँबाट पाएरु भन्दै महासंघले सम्बन्धित निकायसँग यसको जवाफ समेत माग गरेको छ। 

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ४ : ०५ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित