कञ्चनपुरमा लागूऔषधसहित पाँच जना पक्राउ « Khabarhub

कञ्चनपुरमा लागूऔषधसहित पाँच जना पक्राउ


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । पुनर्वास नगरपालिका (ङ) गाउँबाट पुनर्वास-५ का २८ वर्षीय कृष्ण प्रसाद बडुसहित दुईजनालाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो । उनीहरूलाई ५४० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट आई.बि.आर.डि.कञ्चनपुरबाट खटिइएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनीहरूको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस्तै बेलौरी नगरपालिका-१० सडकघाटबाट दोधारा चाँदनीनगरपालिका वडा नम्वर-५ का २१ वर्षीय मनिष भण्डारीसहित तीनजनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई ३३० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलडाडी र प्रहरी चौकी भुडाबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा लागूऔषधसहित एकथान मोटरसाईकलसमेत पक्राउ गरी उनीहरूलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ४ : ४५ बजे

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही

गुल्मीमा भारतको सहयोगमा विद्यालय भवन निर्माण सुरू

काठमाडौं- गुल्मीमा भारत सरकारको आर्थिक सहयोगअन्तर्गत निर्माण हुने विद्यालय भवनको

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र